अन्तर्राष्ट्रिय कराते शनिबारदेखि

काठमाण्डु टुडे २०७१ वैशाख २७ गते ३:५३ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख –जापान गोरिजुरियो कराते डो केन्वाकाइ नेपाल संघ, कुमारी डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

पुरुष र महिलातर्फ एकल काता, टिम काता, एकल कुमुते र टिम कुमुते गरी जम्मा २१ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक विदुर कुँवरले जनाएका छन् ।

प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश र मलेसियाका करिब २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us