
काठमाण्डु, २४ वैशाख – मलेशियामा चलिरहेको एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल अहिले अफगानिस्तानसंग खेलिरहेको छ ।
टस जितेर नेपालले फिल्डिङ्ग रोजेको छ । टस हारेर व्याटिङ्ग थालेको अफगानिस्तानले ओभरको खेल्द चल्दै गर्दा विना विकेटको क्षतिमा रन बनाएको छ ।
अफगानिस्तानलाई हराउन सके नेपालले शीर्ष स्थानमा रहँदैं प्रतियोगिता अन्त्य गर्नेछ । एक दिवसीयमा अफगानिस्तानलाई नेपालले सन् २००४ को एसीसी ट्रफी यता हराउन सकेको छैन ।
तर ट्वान्टी ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई हराएकाले आजको खेलमा नेपाली खेलाडी उच्च मनोवलका साथ मैदान उत्रिनेछन ।
अहिलेनै ओमन र यूएई तथा मलेशिया र हङकङ पनि भिडिरहेका छन । नेपाल, अफगानिस्तान र ओमनको समान अंक भएकाले आजको खेलले मात्र उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ । लीगका शीर्ष चारमा रहने टोली आउँदो डिसेम्बरमा यूएईमा हुने एसीसी च्याम्पियनसीपमा छनोट हुनेछन ।