भारतले यसपालि नेपाललाई विगतमा झैं हेप्न पाएन । नेपाली नेताहरु पनि भारतका पूर्वविदेशमन्त्री एसएम कृष्णालाई भेट्न राजधानीको होटल द्ववारिकाजमा लाम लागेको दृश्य यसपालि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका क्रममा पुनरावृत्ति भएन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेशमन्त्री स्वराजलाई भेट्न होटल हायात गएनन्...
मानवअधिकार तथा राज्यका निर्देशक सिद्धान्बारेमा संविधानसभामा व्यापक छलफल भएर मस्यौदा समिति र संवाद समितिमा पठाइएकोछ । भूमि सम्बन्धमा : शासकले सकेको भए घाम,पानी र सूर्यसमेतलाइ अधिनमा लिएर पुर्जा बनाएर राख्थे । तर यिनिहरुले प्रकृतिका यी वस्तुलाई अधिनमा लिन सकेनन् । तर पृथ्वीको भाग भने...
बीपी कोइराला समकालिन नेताहरुमा अरुभन्दा फरक हुनुहुन्थ्यो । किनभने उहाँले जकिल्यै पनि विचारलाई जीवन पद्धति र व्यवहारसँग जोड्नुभयो । अरुले विचारलाई मात्र सिद्धान्तमा जोडे । बीपीले जहिल्यै पनि विचार/सिद्धान्तलाई संस्कृति र त्यसका मुल्यहरुलाई जीवनसँग एकाकार गराउनुभयो । मेरो विचारमा बीपीको राजनीतिक जीवनलाई चार चरणमा...
योसाता विश्वव्यापी रूपमै कहिल्यै सँगै नभेटिनेजस्तो मानिएका दुई राजनीतिक विचारधाराका नेपाली नायकहरू विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिको बेला हो । तर नेपालमा भने अहिले यी दुवै विचारधाराको अलग-अलग प्रतिनिधित्व गर्ने लोकतन्त्रवादी कांग्रेस र कम्युनिस्ट एमाले पार्टीहरूको संयुक्त सत्ता छ । उनका अनुयायी दलहरूले...
काठमाण्डु– नेकपा एमालेको नवौं महाधिवेशन काठमाण्डुमा चलिरहेको छ । संविधानसभाको दोश्रो ठूलो र सरकारमा पनि रहेको दलको महाधिवेशन भएकाले सबैको चासो त्यतातिर छ । एमालेको राष्ट्रिय महाधिवेशनले तय गर्ने बाटो र नयाँ आउने नेतृत्वको बारेमा सबैले ध्यान दिइरहेको अवस्था छ । महाधिवेशन जारी रहेको...
०५१ सालयता नेकपा एमालेको जीवन कष्टकर रुपमा बित्यो । कम्युनिष्ट पार्टीको भविष्यका बारेमा बहस सुरु नहुँदै फरक कम्युनिष्टका नाममा ०५२ सालदेखि नेकपा माओवादीको गठन र संगठन विस्तारको क्रम चल्यो । एमाले शान्तिपूर्ण राजनीतिक र बहुदलीय प्रतिस्पर्धामा कम्युनिष्ट पार्टीको अभिभावकत्वमा प्रवेश गर्न नपाउँदै माओवादीको हतियार...
यतिवेला नेकपा(एमाले)मा नीति र नेतृत्वको छलफलका नाममा दिनहुँजसो समुहगत भेलाहरुभइरहेका छन् । पहिले पहिले नीतिगत वहसहरु एकै ठाउँमा बसेर सम्पन्न गरिन्थे ।तर अहिले पार्टी कमिटीले आयोजना गरेका वैधानिक भेलामा सामुहिक रुपमा छलफलचलाउने रुची घट्दै गएको छ । सामुहिक रुपमा हुने छलफल र वहसले सहमतीनिर्माणमा...
शिक्षा र विद्याबारे सामान्य चर्चाबाट विषयलाई अगाडि बढाउँदै इतिहासको कडीमा, विज्ञानको नजरमा, उपभोक्तावादको दबाबमा विषयलाई नियालौं पनि । यस क्षेत्रमा पहिला एकातर्फ गुरुकुल प्रणाली शिक्षाको पारम्पारिक तरिका थियो भने भारत वर्षमा इस्लामको प्रवेशसँगै मदरशा शिक्षा सुरु भए । गरुकुलमा संस्कृत र मदरसामा उर्दु, अरबी...
रवीन्द्र श्रेष्ठ कुनै आम नागरिक थिएनन् र होइनन् । आम नागरिक त ती हुन, जो कुनै विशेष शक्ति वा आन्दोलनसँग आवद्ध नभइकन एकसरो जीवन चलाइरहन्छन् । कुनै जमानाका चल्तापूर्जा भूमिगत माओवादी नेता, पछि घनघोर माओवादीविरोधी, कालान्तरमा नेपाल सरकारका क्याबिनेट मन्त्री – उनको होलसेल परिचय...
विगत वर्षमा जस्तै यसपाली पनि कक्षा १० को एसएलसी नतिजा आएको छ र पास फेलको चर्चा चुलिएको छ । एसएलसीको नियमित तर्फ सहभागि ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीमध्ये ४३ दशमलव ९२ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । ५६ प्रतिशत विद्यार्थीले फेल...
नेताहरुले गम्भीर आत्म समीक्षा गर्नुपर्छ करिब ६ महिना भयो मैले तपाईहरुसँग यो रुपमा नबोलेको । मेरो कारणले तपाईहरुलाई अप्ठेरो पनि लाग्यो होला । असजिलो परिस्थिति पनि सिर्जना भयो होला त्यसका निम्ति म दु:खी छु । सञ्चार माध्यमलाई अवमूल्यन गर्ने र सञ्चार माध्यमको भूमिकालाई अस्वीकार...
विश्व वातावरण दिवसको अवसरमा यस पटक नेपालमा वातावरण सम्वन्धी कार्यक्रमहरु धेरै भए । प्रत्येक जिल्ला सदरमुकाममा र्याली निकालिए, शहर बजारका बाटो घाटो र सार्वजनिक स्थालको सरसफाई गरियो । यसमा नेपाल सरकारका साथै विभिन्न गैरसरकारी संघ/संस्थाका व्यक्तिहरु लागि परेको देखियो । अझ विभिन्न विद्यालयका विद्यार्थीहरु...