प्लस टु र फाष्टफुड संस्कृति

काठमाण्डु टुडे २०७१ असार ७ गते ८:३६ मा प्रकाशित

शिक्षा र विद्याबारे सामान्य चर्चाबाट विषयलाई  अगाडि बढाउँदै इतिहासको कडीमा, विज्ञानको नजरमा, उपभोक्तावादको दबाबमा विषयलाई  नियालौं पनि । यस क्षेत्रमा पहिला एकातर्फ गुरुकुल प्रणाली शिक्षाको पारम्पारिक तरिका थियो भने भारत वर्षमा इस्लामको प्रवेशसँगै मदरशा शिक्षा सुरु भए ।

Narendra-Jang-Pitarगरुकुलमा संस्कृत र मदरसामा उर्दु, अरबी र फारसी भाषाको पढाइ हुन थाल्यो । त्यहाँ गुरु र चेला सम्बन्ध हुन्थ्यो भने शिक्षा आर्जन, विद्र्याजनको केन्द्रमा  विशेष धार्मिक कर्मकाण्डी नै मुख्य हुन्थ्यो । तर, विद्धतजनमा सामाजिक सरोकार, साहित्य, कला गणित, विज्ञान र दर्शनका हरेक क्षेत्रमा  विश्वस्तरकै उल्लेख्य कार्य भए अझ पश्चिमाहरुलाई उछिन्ने पनि भयो ।

अङ्ग्रेजको भारतमा अतिक्रमणसँगै भने त्यहाँ  उपनिवेश कायम गर्न एउटा शैक्षिक जनशक्ति आवश्यक परेकाले कल्र्क (बाबु) का लागी लर्ड म्याकालेले  अङ्ग्रेजी सत्तासहितको  शिक्षा नीति लागू गरे । गुरुकुल, मदरशा र म्यााइकाले तीनै शिक्षा नीतिले युगको बदलाउसँगै नेपालमा पनि चल्यो, भित्रियो । बनारस संस्कृतको केन्द्र र दार्जलिङ अग्रेजी शिक्षा केन्द्र बन्न पुगे । अर्थात बनारस र दार्जलिङ स्कुल वा केन्द्रका रुपमा नेपाली प्राज्ञिक, राजनीति, साहित्य, शिक्षित समाज र राज्यको जनशक्ति  उत्पादन थलो बनेर देखा पर्‍यो ।
छलफलका विषय:
हरेक मानव अन्तरनिहित क्षमताको प्रष्फुटनका लागी जिज्ञासु चेतको विकास, परिवेशको मिहिन अध्ययनले मात्र गर्न सकिन्छ । यस संसारको विस्मयकारी मानवजीवन संञ्चालन ज्ञान र प्रवृतिद्धारा हुन्छ । शिक्षा र विद्या कुनै गुरुकुल र स्कुल कक्षामा मात्र नभएर मान्छे बाँच्ने कला र सामना गर्नु पर्ने चुनौतीलाई झेल्दैगर्दा मानवसभ्यतामा श्रमका चरित्रसंगै विकास हुादै गयो । त्यसैले मानव विकास र सम्बृद्धिका लागी अझ उन्नत विद्या र शिक्षाको आवस्यकता पर्दै गयो  । युग परिवर्तनसँगै शिक्षा एवम् विद्याका शैली, रुप र चरित्र फेरिंदै जान्छन् । तर, ज्ञान प्राप्तिको भोक र जिज्ञाशु चेत मानवलाई पशुसँग छुट्याउने अन्तरनिहीत विशेषता नै हो । मान्छे जन्मन्छ मात्र,  तर जीवन भने शिक्षा, ज्ञान, वुद्धिले निर्माण हुन्छ,  तिर्खाछ ।  सार्थक जीवन जिउने कलानै शिक्षा हो ।

त्यो भविष्यको आशा मात्र होइन, वर्तमानका चुनौती सामना गर्न सक्ने रहस्यमा रहेका युक्तिको खोजी गर्ने कला हुन सकोस् र जिन्दगीका जटिल पहलुलाई सरल र सहज तरिकाले हल गर्न सकोस् भन्ने पनि हो ।
अझ युवा लक्षित यस्ता छलफल अगाडि बढाउन ज्ञान र विवेकलाई तिर्खान लालयित किशोरकिशोरीहरुका जिज्ञाशा, आफूले सजाईएका अत्रिप्त इच्छा पूरा गर्न सन्तानमाथि सर्वस्व अर्पण गर्ने अभिभावक,  शिक्षा र विद्यालाई सहजीकरणगर्ने योग्य र दक्ष गुरुवर्ग, शिक्षाकारिन्दा,  शैक्षिक उद्योग, शिक्षा राजनीति, देशकै शैक्षिक नीति एवम् शिक्षा र विद्याप्रतिको जनधारणा विर्मर्शको विषय बन्नुपर्ने हो ।

हाम्रो समाजमा रुढ्संस्कृतिले किचेर यौन कहिल्यै पनि सार्वजनिक बहस बन्न सकेन । त्यसैले  यस उमेरमा यौनमा बहकिने अझ सम्भावना रहन्छ । समकालीन सामाजिक अवस्थाअनुसार नै तीन सोच, तीन दृष्टिकोण, तीन युगका सपना, कल्पना, योजना, मार्गचित्र र स्वार्थ हुन्छन् ।
हालै प्रकाशित एसएलसी परीक्षाफलले नेपालकै शैक्षिक अवस्थालाई भयावह देखाउँछ । प्राथमिकदेखि माध्यामिकसम्मको शैक्षिक यात्रामा दश वर्ष पहिला प्राथमिक तहमा भर्ना भएका करिब १४लाख विद्यार्थीमध्ये १० लाख विद्यार्थी एसएलसीमा पुग्दा पढाइबाट बाहिरिए भने परीक्षा दिएका झण्डै ५ लाखमध्ये  १ लाख ७६ हजार मात्र उत्रीर्ण भए । त्यसमा पनि तीन सय ३१ स्कूलको नतिजा त शून्य नै रह्यो ।

अहिलेको उत्रीर्ण प्रतिशतको हिस्सा पनि धेरै जसो  निजी विद्ययालयले धानेका छन्  । यस संक्षिप्त लेखमा ती सबै विषयको विवेचना गर्न भने भ्याइने छैन । अब भने लेखलाई  विद्यार्थी  वा त्यसैको सेरोफेरोमा केन्द्रित गरौं ।
दश जोड दुई अध्ययन समयका युवामा  जिज्ञाशा, हिम्मत, जोस, जाँगर, खतरासँग खेल्ने विद्रोहीचेत भरिपूर्ण हुन्छ । यो त्यस्तो दोबाटो हो, जहाँ मान्छे जीवन निर्माण वा ध्वस्त गर्ने बिन्दुमा ठिंग उभिएको हुन्छ ।  अधिकांश दश जोड दुईका विद्यार्थीका अभिभावकहरु मध्यम एवम् उच्च वर्गीेय सामाजिक र आर्थिक हैसियत राख्छन् र सन्तानको भविष्य सरकारीभन्दा निजी विद्यालयलाई आधारथलो सोच्छन् ।

मान्छेबाट मानवमा फेरिने दश जोड दुईको यो उमेर भनेको जिन्दगीको अत्यन्तै खतरनाक र सम्वाभनायुक्त मोड  हो ।  अर्थात त्यस बिन्दु हो,  जुनबेलाको उमेर किशोरपनाबाट परिपक्क युवापनामा विकसित हुँदै जान्छ र सम्भनाका गोरेटो स्वयम् खन्दै जान्छ  । अन्तरनिहित क्षमताको उजागर  यसै भरभराँउदो उमेरमा हुँदा सफल, असफल, उत्साही, निराश, जीवन लक्ष्यसँगै डोरिने समय पनि यही नै हो । एकातर्फ दश जोड दुई खर्चको दबाबमा अभिभावकको ढाडै खुस्क्याउँदै छ भने अर्कातर्फ महंगा स्कुल अब सामाजिक हैसियत प्रदर्शन थलो पनि बनेका छन् । त्यसैले सरकारी संस्थामा अद्ययन गर्नु, गराउनु  भनेको समाजिक अपमानको रुपमा बुझिन थालिएको  छ  ।

सूचना,संचार र नवयुवा
सूचना र सञ्चारले विश्वलाई नजिक्यायो भने अध्यनका लागी उम्दा शैक्षिक संस्था रोज्न र खोज्न अब नेपाली सम्भ्रान्त मात्र होइन सामान्य आर्थिकस्तरले पनि सक्ने भयो । अब त अध्ययन र अर्थोपार्जन गर्न दश जोड दुईपछिको विदेशिनका लागी भाषा, सम्बन्धित क्षेत्रको थप जानकारी र तयारीमा केन्द्रित हुन्छ । उनीहरुमा हरेक विषयको जिज्ञाशा अन्य उमेरभन्दा ज्यादा त हुन्छ नै त्यसमा पनि दुईवटा प्रश्नको उत्तर  खोजिरहेन भौंतारिरहेको हुन्छ ।
१) तँ को होस् ?, २) अन्यभन्दा उम्दा र भिन्न कसरी देखिने ?  त्यसैकोलागी ऊ संर्घषरत हुन्छ । यदि ती प्रश्नको यथोचित उत्तर पााउन सकेन भने निराशा र कुण्ठा छाउने त्यतिकै सम्वाभना रहन्छ । जहिले पनि उपभोक्तावादको दबाबमा रहेको मान्छे मानव बन्ने  संवेदना जोगाउन जोखिममा रहन्छ । बजारले जगाएको अगस्ति भोकले सधैं छटपटिरहेको हुन्छ । महत्वकांक्षाको चरमता त छ नै, सम्भावना र परिस्थितिको सीमिताले  उसको महत्वकाक्षासंग मेल कति खान्छ भन्न सकिँदैन । त्यसैले  ‘घाँटी हेरेर हाड निल्नु’ ‘सबै खानु तर हरेस नखानु’ भन्ने भनाई नवयुवाहरुमा अझ लागू हुन्छ ।

सबै कुरा गर्न हामी   सक्षम छौं, संसारका सबै चम्किला तारा र महान व्यक्तित्व पनि हामीभन्दा फरक होइनन् र हामी हरेक चुनौतीपूर्ण क्षणसँग पौंठेजोरी खेल्न सक्षम छौं भन्ने सोच आत्मासात कसरी गराउन सकिन्छ, कसरी हुन सकिन्छ महत्वपूर्ण पक्ष हो  । नवयुवाहरु सपना त देख्छन् त्यसको लागी बल, वुद्धि र युक्ति खर्चन कञ्जुस्याईं गर्‍यो भने यो समयमा भड्खालोमा पर्न पनि सक्छ ।
उमेरजन्य सोच र संस्कृतिमा परिवर्तनलाई छिटै ग्रहण गर्ने  भएकाले प्लस टूको समयमा अहिले वैश्विकरण भएको सूचना, संचार, प्रविधिको विकास एवम् पहुँचले पहिलाका मान्यता र सोचमा तीव्र प्रभाव पारिरहेको हुन्छ ।  त्यसका जति राम्रा पक्ष छन् त्यतिकै हानीकारक पनि । विष र ओखती त आफैंले छुट्याउनु पर्ने हुन्छ ।
फाष्ट फुड संस्कृति  
एउटा क्रमश: विकास भइरहेको नकार पक्षको पनि चर्चा गरौं जसले नवयुवालाई नराम्रो तरिकाले गाँज्दै  छ– श्रमप्रतिको अविश्वासले सहजपुँजीको –(इजी मनी) चाहाना र बढ्दो फास्टफुड संस्कृतिको विकास, भद्धा प्रर्दशन गर्ने मानसिकता  ।’ जहिले पनि  पूँजी त श्रमसँगै जोडिएको हुन्छ, जब ऊ श्रमबाट कटिन्छ तव पैशा पााउन ऊ जे पनि गर्न तत्पर हुन्छ । त्यसको परिणाम सामाजिक विकृति र अपराधी पनि बनाउन सक्छ, टिन एजरलाई । अझ स्वदेशमा श्रमबाट कट्ने तर विदेशमा भने फोर डी – (डेन्जर, डिफिकल्ट, डिभ्यालुज, डिग्रेस) काम भने गर्न नहिचकिचाउने प्रवृत्ति सहजपुँजीकै मानसिकता हो ।                                                                                                      सोचअनुसारका व्यवहार पनि फेरिंदै जान्छन् । अझ अहिले सामाजिक सञ्जाल फेसबुकको लत नै लागेका बैंशालु समूहदेख्दा यो उमेर भनेको एकातर्फ कुरकुरे वैंसले सताईरहेको हुन्छ् भने अर्कोतर्फ नवोदित फाष्टफुड संस्कृतिले गाँजिरहेको  पनि छ । फाष्टफुडे संस्कृति भनेको उदीयमान बजारमा एउटा आधुनिकताको अर्थमा सामाजिक स्ट्याट्स बन्दै जानु र यसका धेरैजसो ग्राहकमा दश जोड दुई विद्यार्थी लक्षित रहेका छन् ।  एउटा नमुना हेरौ –भीआर, पल्सर, आर फाइव र बुलेट जस्ता मोटरसाइकल प्रतिको टिनएजरमोह र  विशेषता भनेकै आधुनिक कहलिन खोज्नु ।  यसको कचरा उत्पादनमा –(बाई प्रोडक्ट) भने  कुलतको सम्वाभना त्यतिकै बढेको हुन्छ । श्रमविहीन इजी मनी र आफ्नो  आधुनिक पहिचानमा वियफ –(ब्याईफेण्ड)  जियफ (गर्लफ्रेण्ड) कुरकुरे योवनी  प्रदर्शन  त्यसैको  उदाहरण मात्र हुन् ।
को  हो त, नवयुवा ?
साँच्चै युवा बन्नलाई नवीन, तर्कपूर्ण र विज्ञान आधारित सोचको विकास गर्न लागी पर्नु हो ।  समाज र संसारमा घटेका घटनालाई विज्ञानपरक, तार्किक, अध्ययन र धारणा बनाउनु हो । शारीरिक उमेरले मात्र युवा बन्न र हुन सक्दैन ।  उसको सोच्ने शैली र व्यवहारमा देखिने भूमिकाले वास्तविक युवा चिनिन्छ । नवयुवाहरुले बिर्सनै नहुने पक्ष भनेकै समाजलाई एकातर्फ श्रमबजारमा आवस्यक शैक्षिक जनशक्ति (ह्वाईट लेवर) पूरा गर्नुपर्ने हुन्छ भने अर्कातर्फ मानव अन्तरनिहीत क्षमताको प्रष्फुटन हुने वातावरण तयार हुनुपर्छ ।

त्यसैले शैक्षिक जनशक्तिका लागी विधागत शिक्षा, मानव संवेदनशीलता र मानवीय दायित्वबोधका लागी विद्याको प्रचलन भएको हो ।
जति मानव मस्तिकको उर्जा खर्च गर्न सक्यो त्यतिकै अन्तरनिहीत क्षमता बढ्छ । अत्यन्तै सफल भनिएका अमेरिकी राष्ट्रपति रुजवेल्टले समेत आफ्नो अन्तरनिहीत क्षमताको दश प्रतिशत पनि प्रयोग गर्न सकेको थिइन भनेर आत्मस्वकृति गरेका छन् । अझैसम्म मानवसंग भएको अन्तरनिहीत क्षमताको मापन वा आँकलन कसैले पनि गर्न सकेको छैन । अब प्रश्न उठ्छ दश जोड दुई विद्यार्थी, शिक्षार्थी र अध्यार्थीको अवस्था चाहिं के हो त ? के ऊ विज्ञानको आँखाबाट जीवन र जगत नियाल्ने शिक्षाले विद्यामा फेरिएर मानवतावादी सम्वेदना जगाउने तथ्य, तर्क र जिज्ञाशु चेत, जान्ने भोक र त्यसबाट प्राप्त ज्ञानले निजी जीवन सुसंस्कृत पार्न  प्रयत्नशील छ ? एउटा अवोध किशोरपनालाई म को हुँ ? मानव जीवनका लक्ष र दायित्व के हुानु पर्छ ? मैले आर्जन गरेको विद्या अथवा शिक्षाले आफूलगायत मानव जातिलाई के र कसो गरेर अझ उन्नत र हरेक विषयमा सम्पन्न पार्न सकिन्छ ? कसरी विश्व दृष्टिकोण फराकिलो हुान सक्छ ? किन पार्नु पर्छ ?  प्राप्त ज्ञानले अन्यभन्दा भिन्न कसरी हुन सकिन्छ ? भन्ने हुन्छ ।   यो अभियान विश्व औपचारिक वा अनौपचारिक शिक्षाको दायित्वले नविन युगको नविन सोचलाई उजगार गर्ने चेतनाको मलजल गर्नुपर्ने हुनुपर्छ । त्यसको लागी एउटा जिज्ञासु नवोदित युवाको दिल र दिमागले सोच्ने र उस्को अन्तरनिहीत क्षमताका लागी शिक्षाको आवश्यकता, त्यही अनुसारको शैक्षिक वातावरण हुनु त पर्छ नै  ।
पास र फेलका कुरा
परीक्षाको सफलता भनेको कागजको खोष्टोमा होइन, हासिल गरेको ज्ञान, वुद्धि, जानकारी र सुसूचिततामा भरपर्छ, अझ युवापनामा भावुकता अली ज्यादा हुन्छ र स्कुल कलेजले दिने प्रमाणपत्रमा फेल भएकाहरु सामाजिक जीवनमा सफल र सम्मानित पनि भएका अनेकौं उदाहरण छन् । एउटै कक्षा वा दौंतरीका  समान रुची  नभएकाले प्रतिभाका विविधता हुन्छन् र समान शिक्षाले उसको समान प्रतिभा फक्राउन पनि सक्दैन । बालमनोविज्ञानका आधारमा उसको रुचीसँग शिक्षालाई जोड्न सकेमात्र अन्तरनिहित क्षमता  बोक्रो छोडाएको फल र कसी लगाएको हिराझै हुन्छ ।

गुरुकुल शिक्षा प्रणाली कागजको खोष्टामा योग्यताको प्रमाण बन्दैनथ्यो । असफलता नै भयो भने पनि अझ ज्ञानीजनहरु वैज्ञानिकहरु आफ्ना असफलता आत्मासात गरेर सफलताको अर्को बाटो रोज्छन् भने आफ्ना कमजोरी स्वीकार्नु  कमजोरी सुर्धाने आधारभूत सर्त नै हो । वैज्ञानिकहरु एउटै प्रयोग असफल भयो भनेर आफ्ना अनुसन्धान छोड्दैनन् बरु दृढ अठोटसाथ अर्काे यूक्ति खोज्न लाग्छन् । कतिपय कमजोरी आफ्नै कारणले हुन्छन् भने कतिपय अर्काले, राज्यका नीतिले, राजनीतिक संगठनले गरेका कमजोरीको पनि दण्ड पनि  सामान्य नागरिकले उठाउानु परे झै नवयुवाहरुले पनि उठाउनुपरेको हुन्छ । असफल भएका हरेकले यो असफलतामा कस्को, कति, के र कस्तो कमजोरीको कारणले हो र त्यसको उपचार कसरी गर्न सकिन्छ भनेर उपाय खोज्नु पर्छ । जिन्दगीको नाम नै हारलाई नस्वीकार्नु, निरन्तरको लक्ष्यप्रतिको यात्रा नै हुने गर्छ ।
अन्तमा:   हाम्रो समाज आधुनिकतातर्फ तलम्कदै छ तर विज्ञानवादी भएर होइन, पुरातन र रुढीवादलाई पनि सँगै लिएर ।  विज्ञानको उपयोग त गर्छ तर भाग्यवादमा भर परेर आफ्ना योग्यता, क्षमता र दक्षाताको श्रेय भने अदृष्य शक्तिलाई सुम्पिन्छ । माथि नै भनियो –मान्छे त जन्मिछ तर मानव भने निमार्ण हुन्छ । जन्मिन कसैले पनि  कुनै कोख र भूगोलमा दरखास्त दिएको हुँदैन तर कर्म गर्न भने ऊ स्वतन्त्र हुन्छ । मानव निमार्ण हुनलाई पहिलो सर्त हो अन्ध विश्वासबाट मुक्ति । हरेक विषयमा जिज्ञाशा र कार्य, कारण र परिणामलाई एकदुसरासँग के कति र  कसरी प्रभाव पारिरहेको हुन्छ भनेर चिन्तन, मनन र त्यसलाई व्यवहारमा फेर्नु । यो जति अरुलाई लागू हुन्छ त्यो अझ दस जोड दुईका नवयुवालाई लागू हुन्छ ।

ज्ञानको अर्थ कार्य,  कारणको सम्बन्ध पहिल्याउनु हो भने अन्धविश्वासबाट मुक्ति ।
यदि विज्ञानको प्रभाव बढ्दै गयो भने प्रकृतिमा घटने घटनाहरुको  कार्य, कारण र त्यसका अन्तरसम्बन्धहरु खुट्याउने जिज्ञाशा बढ्न थाल्दा अन्धविश्वासको सत्यानास हुन्छ ।  कति विज्ञान चेत भन्ने कुरा नवयुवाको पहिलो परीक्षा हो भने त्यस चुनौतीलाई कसरी भविष्यका वैज्ञानिकले आत्मसात गर्न सक्छन् भन्ने कुरा दस जोड दुईका विद्यार्थी सामनेका प्रश्न हुन् । विज्ञानको भौतिवादी दृष्टिकोणले नै  जनकल्याण र मानवतावादको वकालत गर्छ तर अन्धविश्वास जहिले पनि विज्ञानको विरुद्धमा मात्र आफ्नो अस्तित्व देख्छ । छलफलमा आउनु पर्ने शिक्षा नीतिका योजनाकार र शिक्षा राजनीतिसँग जोडिएकाको अनेकौं गम्भीर विषय छन् । सरोकाररवाला त्यतिको जागरुकता देखिएका भने छैनन् ।  जब म यस लेखको ढाँचा तयार गर्दै थिएँ तव अष्ट्रेलिया निवासी मानसिक स्वास्थ विशेषज्ञ भरत नेपालले उठाएका शिक्षाबारेको गहन प्रसङ्ग यहाँ सान्र्दभिक ठान्छु –

  • What is education for? Just for lively hood or enlightenment ?
  • Avenue for advancement within universal access
  • Education should transform and enrich lives, must excel beyond numbers of study but shine the knowledge to uplift lively hood of many
  • Learning by doing enhancing skills set examples by living the ideals
  • Above all true education must aim to feed hungry brain that dreams to spread to the universe
  • [email protected]

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us