यसकारण माधव नेपालले ओलीसँग जोरी खोज्न मिल्दैन

काठमाण्डु टुडे २०७१ असार ८ गते ५:५७ मा प्रकाशित

यतिवेला नेकपा(एमाले)मा नीति र नेतृत्वको छलफलका नाममा दिनहुँजसो समुहगत भेलाहरुभइरहेका छन् । पहिले पहिले नीतिगत वहसहरु एकै ठाउँमा बसेर सम्पन्न shankarगरिन्थे ।तर अहिले पार्टी कमिटीले आयोजना गरेका वैधानिक भेलामा सामुहिक रुपमा छलफलचलाउने रुची घट्दै गएको छ । सामुहिक रुपमा हुने छलफल र वहसले सहमतीनिर्माणमा योगदान दिन्छ र पार्टीलाई एकतावद्ध वनाउन सहयोग पुर्याउँछ भन्नेकुराको दृष्टान्त बनेको छ दस्तावेज मस्यौदा कमिटी ।

३३ जनाको ठुलो कमिटी बनेको थियो र त्यसका११ वटा वैठकहरु आयोजना गरिए ।तर अन्त्यमा विचारको जोड र कोणमा रहेको अन्तरलाई समाधान गर्दै सहमतीका साथदस्तावेजहरु तयार गरिए । महाधिवेशनमा प्रस्तुत गरिने सवैदस्तावेजहरुकेन्द्रीय कमिटीको वैठकबाट सर्वसम्मतीले पारित गरिएका छन् ।छलफल र वहसको यस प्रकारको उन्नत विधि र प्रणाली हाम्रो वीचमा रहँदा रहँदैपनि नीति र नेतृत्वको वहसका नाममा अलग अलग भेलाको आयोजना हुनु राम्रो होइन ।तर औपचारिक छलफल र वहसको कार्यविधि तयार गरी तदनुरुपको औपचारिक भेलाहरुकोआयोजना नगरिंदा स्वभाविक रुपमा अलग अलग भेलाको आयोजना हुने स्थिति सृजनाभएको छ । छलफल र वहस नै नहुनु भन्दा अलग अलग रुपमा भए पनि छलफल र वहस हुनुराम्रो हो । तर त्यो भन्दा राम्रो औपचारिक कार्यक्रममा सामुहिक ढंगले छलफलचलाउने कुरा यो भन्दा धेरै राम्रो कुरा हो । यद्यपी त्यस प्रकारको छलफलकालागि उन्नत प्रकारको लोकतान्त्रिक संस्कृतिको आवश्यकता पर्दछ ।नेकपा(एमाले)ले आगामी दिनमा यस विषयमा ध्यान दिनु आवश्यक छ ।

यतिवेला नीतिका प्रश्नमा पार्टी एक ठाउँमा उभिए पनि पार्टीमा वर्चश्वकायम गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर नै होला नीति अनुसारकोनेतृत्वको कुरा उठाउने कोशिस  एकथरी साथीहरुवाट भइरहेको छ । यसरी कुराउठाउनेहरुले क. केपीशर्मा वलीको नेतृत्व नीति अनुसार हुँदैन भन्ने दावीरहेको छ । कतिपयबाटपार्टी नीति के हो भन्ने कुरामा स्पष्टताको अभावमानेपाली समाजको चरित्र निरुपणको विषय नै पार्टीको नीति हो भन्ने हिसावलेअथ्र्याउने कोशिस भइरहेको छ । समाजको चरित्र नीति निर्माणको आधार त हो । तरत्यो आफैमा पार्टी नीति होइन र हुन सक्तैन । त्यसमाथि समाजको चरित्रकोनिरुपणपनि ती साथीहरुले भन्ने गरेको रुपमा पार्टीले ग्रहण गरेको अवस्थाहोइन ।

नेपाली समाजको प्रधान अन्तरविरोध नै दलाल नोकरशाही पूँजीवादसंग छ भनेरत्यसलाई मुख्य चरित्र वनाउने कुरालाई पार्टीले अस्विकार गरेको छ । त्यसलाईपार्टीले नेपाली अर्थतन्त्रको एउटा नकारात्मक प्रवृत्तिका रुपमा लिएको छ ।जहासम्म नीतिको सन्दर्भमा सामान्य अर्थमा त्यसलाई रणनीति र कार्यनीतिकारुपमा वुझ्ने गरिन्छ । तर विशिष्ट अर्थमा पार्टी नीतिका रुपमा मुलतः निम्नपाँच कुरालाई प्रमुख रुपमा लिने गरिन्छः पहिलो, पार्टीको सिद्धान्त, दोस्रो, पार्टीको कार्यक्रम, तेस्रो पार्टीको राजनीतिक कार्यदिशा चौथो, पार्टीको कार्यनीति, पाँचौ पार्टीको संगठन नीति । यो पार्टी समाजकोक्रान्तिकारी रुपान्तरणको कति प्रभावकारी रहन्छ भन्ने कुरा उपरोक्त नीतिहरुकति सही छन् भन्ने कुराले निर्धारण गर्दछ । तसर्थ नवौं महाधिवेशनले अघिबढाएका उपरोक्त नीतिहरु के कस्ता रहेका छन् भन्ने सन्दर्भलाई स्पष्ट पार्नेहिसावले यहाँ चर्चा चलाउने प्रयास गरिएको छ ।

१    पार्टीको सिद्धान्त नै पार्टीको मुल नीति हो । यतिबेला पार्टीलेपार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा जनताको वहुदलीय जनवादलाई ग्रहणगरेको छ । माक्र्सवाद लेनिनवादको सृजनात्मक प्रयोग र विकासका क्रममा नैजनताको वहुदलीय जनवादको विकास भएको हो । जननेता मदन भण्डारीले निश्चितसिद्धान्तको जगमा उभिएर नै जनताको वहुदलीय जनवादको कार्यक्रम अघि सार्नुभएको थियो । त्यसका आधारमा अघि बढ्ने क्रममा हासिल भएका उपलव्धिहरु विशेषगरी नौ महिने सरकार र स्थानिय सरकारका माध्यमबाट हासिल भएका नविनउपलव्धिहरुको जगमा पार्टीको छैटौं महाधिवेशनमा जनताको वहुदलीय जनवादपार्टीको नेतृत्वकारी विचारका रुपमा विकास भएको निश्कर्ष निकालिएको थियो ।वैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात् जनताको वहुदलीयजनवादको सान्दर्भिकता राष्ट्रिय राजनीतिमै पुष्टि भएको निश्कर्षका साथपार्टीले त्यसलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा स्थापितगर्यो । पार्टी अहिले पनि सोही मान्यतामा दृढ छ । तर जनताको वहुदलीय जनवादसिद्धान्त बनेको छैन र अव बनाउनु पर्दछ भन्ने कमरेडहरु नै यस वास्तविकतालाईलुकाएर आफ्नो नीतिको जित भएको हुँकारका साथ त्यसमा आफ्नो स्वामित्वको दावीगर्दै हुनुहुन्छ । जवकी वास्तविकता यसको ठिक विपरित रहेको छ । जनताकोवहुदलीय जनवादको कार्यक्रमको विकासका समयमा कमरेड केपी वली कोर टिममा रहनुभयो र पछि पनि त्यसको रक्षा, प्रयोग र विकासमा निरन्तर लागि रहनु भयो ।नीति अनुसारको नेतृत्वको कुरागर्नेहरु साथीहरुले यो कुरालाई हेक्का राख्नसक्नु पर्दछ ।
जहाँसम्म कुनै नेताका विचार सिद्धान्तका रुपमा विकासहुने कुरा व्यवहारमालागुहुने क्रममा नै हो । कुनै नेताले विचार प्रस्तुत गर्ने र अर्को कुनैनेताले त्यसलाई सिद्धान्त वनाउने भन्ने कुरा मजाकको विषय हो । माक्र्सवादमाक्र्सको विचार हो । लेनिनवाद लेनिनकै विचार हो । जनताको वहुदलीय जनवादपनि मदन भण्डारीको विचार हो ।जतिवेला त्यो सिद्धान्त बन्दछ व्यवहारको कसीमासही सावित भएर नै हुने कुरा हो । जनताको वहुदलीय जनवाद नेपाली राजनीतिकोव्यवहारमा सार्थक भएर नै सिद्धान्त बनेको हो । यस विषयमा स्पष्ट हुन नसक्दासिद्धान्त बनाइदिने सम्मका गलत विचारहरु सतहमा देखिए । महाधिवेशनको वहसलेत्यसमा स्पष्टताका कायम गर्न सफल भएको छ ।

२    पार्टी नीतिको दोस्रो महत्वपूर्ण पक्ष पार्टीको कार्यक्रम हो ।राजनीतिक क्रान्ति सम्पन्न भए पछि जवजको कार्यक्रमिक चरण समाप्त भयो भनेरकेही कमरेडहरुले निकै लामो समय देखिनै वहस चलाइरहनु भएको थियो । नेपालीसमाजको चरित्रमा परिवर्तन आएको भन्ने वहसको अन्तर्य पनि त्यही नै थियो ।निश्चय नै सामन्ती राजतन्त्रका ठाउँमा गणतन्त्र आएको अवस्थामा त्यसको एउटापक्ष पुरा भएको अवश्य हो । संविधानसभाबाट अग्रगामी संविधान निर्माण गर्नसकिएको अवस्थामा राजनीतिक कार्यभार मुलतः पुरा हुने पार्टीको निश्कर्ष समेतरहेको छ । तर राजनीतिक क्रान्ति पछि पनि जनवादी व्यवस्थाको सुदृढिकरणकोचरण अपेक्षाकृत लामो हुने र त्यो तीनवटा उपचरणहरुबाट अघि बढ्ने जवजकोनिश्कर्ष थियो । महाधिवेशनको दस्तावेज तयार गरिरहेका बेला यस प्रश्नमागंभीर वहस र छलफल भयो । जवजका ठाउँमा नयाँ कार्यक्रम ल्याउने र जवजलाईसिद्धान्तका रुपमा सिमित गर्ने सम्मका तर्कहरु पनि वहसका क्रममा आएका थिए ।तर पार्टीले ती सवै आग्रहहरुलाई अस्विकार गर्दै यतिवेला जनताको वहुदलीयजनवादको कार्यक्रमिक चरणबाट समाज अघि बढ्ने निश्कर्षमा पुगेको छ ।ती चरणनिम्नानुसारका हुनेछन्ः
ड्ड    पहिलो, पुरानो समाज व्यवस्थाका शोषण र उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि,
ड्ड    दोस्रो, नयाँ उत्पादन सम्वन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक रसाँस्कृतिक दुबै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र
ड्ड    तेश्रो, समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि ।
पार्टी यस प्रकारको निश्कर्षमा पुगेका बेलामा जवजको विकल्पका रुपमा नयाँकार्यक्रमको मागगर्नेहरुले आफ्नो नीतिको जीत भएको भनेर दावी गर्नुहास्यास्पद छ । यद्यपी नवांै महाधिवेशनको संघारमा सिंगो पार्टी यस प्रश्नमाएक ठाउँमा उभिन आइपुग्नु खुसीको कुरा हो ।

३    पार्टी नीतिको तेस्रो महत्वपूर्ण पक्ष पार्टीको राजनीतिक कार्यदिशाहो । वैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन जनक्रान्तिको रुपमा विकासभएको पार्टीको निश्कर्षलाई यतिबेला पार्टीले राजनीतिक जनक्रान्तिका रुपमाप्रस्तुत गरेको छ । तर नेपालमा सम्पन्न भएको राजनीतिक जनक्रान्ति विश्वमाविभिन्न समयमा सम्पन्न जनक्रान्तिभन्दा भिन्न र मौलिक रहेको निश्कर्षमापार्टी पुगेको छ । यो यस्तो प्रकारको जनक्रान्ति हो जसको गन्तव्य यतिबेलैसुस्पष्ट छैन । किनकी राजनीतिक क्रान्तिमा वहुवर्ग र वहुशक्तिहरु सहभागीभएका थिए । त्यसैले आगामी दिनमा हुने प्रतिस्पर्धा र पहलकदमीले यसकोदिशालाई स्पष्ट गर्नेछ । नेकपा(एमाले)ले लगातार विजयहासिल गरी आफ्नोकार्यक्रम लागुगर्न सकेको अवस्थामा नेपाली समाज जनवादी व्यवस्थाकोसुदृढिकरणको चरणहँुदै शान्तिपूर्ण बाटोबाट समाजवादमा पुग्नेछ । तर त्यसकाठाउँमा नेपाली कांग्रेसले नेतृत्व गरी आफ्नो उदारवादी कार्यक्रहरुलागुगर्दै अघि वढ्यो भने नेपाली समाज पूँजीवादतर्फ संक्रमण गर्नेछ । तसर्थनेकपा(एमाले)को अहिलेको राजनीतिक कार्यदिशा जनवादी व्यवस्थाको सुदृढीकरणकोबाटोबाट राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा शान्तिपूर्ण रुपमासंक्रमणको आधार तयार गर्नु हो ।
यतिवेला नेकपा(एमाले) यही मान्यताको आधारमा अघि बढ्न प्रतिवद्ध रहेको छ ।तसर्थ यस प्रश्नमा पनि कस्को जीत र कस्को हार भयो सहजै बुझ्न सकिन्छ । मेरोविचारमा यस प्रश्नमा पनि जवजकै जीत भएको छ । जवजको रक्षा, प्रयोग रविकासको मान्यताका पक्षमा उभिएकाहरु कै जीत भएको छ ।

४    पार्टी नीतिको चौथो महत्वपूर्ण विषय पार्टीको कार्यनीति हो ।पार्टीको रणनीतिक लक्ष र उद्देश्यहरु कार्यनीतिक कामकै सफलतामा आधारितहुन्छन् । क्रान्तिकारी रुपान्तरणको आन्दोलनमा रणनीतिसंग नजोडिएकोकार्यनीति र कार्यनीति विनाको रणनीतिको कुनै अर्थ रहँदैन । नेपालकोकम्युनिष्ट आन्दोलनमा नेकपा(एमाले) एउटा विशिष्ट राजनीतिक शक्तिका रुपमाविकास हुनुमा यसले लिएका सही कार्यनीतिका श्रृंखलाहरुको महत्वपूर्ण योगदानरहेको छ । हाम्रो पार्टीमा जम्माजम्मी दुई पटक मात्र कार्यनीतिक दस्तावेजपारित गरिएको छ । अघि पछि महत्वपूर्ण कार्यनीतिक निर्णयहरु लिइएका छन् । तरपार्टीमा जतिवेला कार्यनीतिका सन्दर्भमा स्पष्टताको खाँचो भयो रदस्तावेजहरु तयार गरिए त्यतिवेला कमरेड केपी वलीले त्यसमा अगुवाई गर्नु भयो। पार्टीको पाँचौ र छैटौ राष्ट्रिय महाधिवेशनका कार्यनीतिक दस्तावेजहरुकोमस्यौदाकार र प्रस्तोता कमरेड केपी वली नै हुनुहुन्थ्यो । विगतको हाम्रोकार्यनीति सफल नभएको भए नेपालमा राजनीतिक क्रान्ति सम्पन्न पनि हुने थिएन ।तसर्थ कार्यनीतिक सफलताका कारणले नै नेकपा(एमाले)को वैचारिक नेतृत्वमाराजनीतिक क्रान्ति सम्पन्न भएको मान्ने हो भने त्यसको निर्माणकोनेतृत्वकारी भूमिका निर्वाह गर्ने नेता कमरेड केपी वली कसरी नीति अनुसारकोनेतृत्व भन्दा वाहिरको व्यक्ति हो भनेर मान्न सकिन्छ ।

५    पार्टी नीतिको पाँचौ महत्वपूर्ण विषय संगठन नीति हो । यतिवेलानेकपा(एमाले) वहुपदिय संरचना सहितको सामुहिक नेतृत्वको प्रणालीवाट अघिबढिरहेको छ । यसलाई आठौं महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण भनेरशुत्रिकरण गरेको छ । पार्टीको यो संगठन नीति पार्टीको सातौ राष्ट्रियमहाधिवेशनमा कमरेड केपी वलीले प्रस्तुत गर्नु भएको अध्यक्षात्मक प्रणालीमाआधारित रहेको छ । सातौं महाधिवेशनमा स्थगित गरिएको उक्त विचार नै कमरेडकेपी वलीको नेतृत्वमा कार्यदल गठन गरी स्थापित गरिएको थियो । त्यतिबेलापार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धी पार्टीले आत्मसात गरेका मूलभूतमान्यताहरुलाई यसरी सूत्रवद्ध गर्न सकिन्छ ःपार्टीका समग्र नीति तथाकार्यक्रमहरु लोकतान्त्रिक हुनु र लोकतान्त्रिक विधि र प्रकृयाबाट उपरोक्तनीति तथा कार्यक्रमहरु तय गरिनु ।पार्टी निरन्तर जनताबाट अनुमोदित भइरहनु रजनअनुमोदनको विधिसम्मत प्रणाली स्थापित गरिनु ।पार्टीका नेता रकार्यकर्ताको जीवनशैली र आचरण पारदर्शी हुनु र जनतासंग घनिष्ट सम्वन्ध कायमहुने गरी जनशैली स्थापित गर्नु ।पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरुमानीहित रहनु । नीति, विधि र नेतृत्व निर्माणमा उनीहरुको अविच्छिन्न अधिकारस्थापित गरिनु ।महाधिवेशनलाई नीति र नेतृत्व निर्माणको वास्तविक थलो बनाउनेगरी तदनुरुपको सबै तहमा नियमित रुपमा अधिवेशनहरुको आयोजना गर्नु।पार्टीभित्र सृजनात्मक साेंच, आलोचनात्मक चेतना र पहलकदमीलाई निरन्तरप्रोत्साहित गरिनु ।पार्टी संगठन विधिसम्मत ढंगले संचालित हुनु र आन्तरिकरुपमा वहसको जीवन्त प्रणाली कायम गरिनु ।पार्टीमा निर्धारित गुण तथामापदण्डहरुको ‘ग्यारेन्टी’ गर्दै पार्टी संरचना समावेशी बनाउनु ।पार्टी सबैतह र अंगहरुमा नियन्त्रण र सन्तुलनको विधिसम्मत प्रणाली कायम गरिनु । यसकालागि सम्बन्धित तहको कमिटीलाई निर्देशित गर्ने अधिकारसहितका प्रतिनिधिपरिषद्हरू व्यवस्था गर्नु ।पार्टीमा सामूहिक नेतृत्वको विकासका लागिबहुपदीय प्रणालीको व्यवस्था गर्नु ।पार्टी सामूहिक रुपमा र नेता तथाकार्यकर्ताहरु व्यक्तिगत रुपमा जवाफदेही हुनु । नेतृत्व हस्तान्तरणको सहजप्रणाली स्थापित गर्नु ।पार्टीमा अनुगमन र मूल्याङ्कनको बैज्ञानिक परिपाटीस्थापित गरी उत्तरदायी र गुणस्तरयुक्त नेतृत्व विकास गर्नु ।
यतिवेला नवौं महाधिवेशनका लागि पार्टीले अघि सारेको संगठनात्मक प्रस्ताव यिनै नीतिमा आधारित रहेका छन् ।

यसरी हाम्रो पार्टीले यतिबेला लिएका महत्वपूर्ण नीतिगत निश्कर्षहरु यिनैहुन् । यी सवै नीतिहरुको निर्माणमा कमरेड केपी वलीको भूमिका हरहमेसामहत्वपूर्ण रह्यो । नीतिगत रुपमा सदैव स्पष्ट मान्यता अघि सार्ने रसमयक्रममा आफ्ना मान्यताको वरीपरी पार्टीलाई हिंडाउन सफल कमरेड केपी वलीनेता हुँदा पार्टी कमजोर हुन्छ, समाप्त हुन्छ भनेर चर्चा चलाउनुकोआग्रहपूर्ण सोचको परिणाम हो । कमरेड केपी वलीलाई स्थापित गर्दा नै वास्तवमापार्टीमा नीति अनुसारको नेतृत्व स्थापित हुनेछ । किनकीअहिलेका सन्दर्भमामात्र होइन झापा विद्रोहका समयमा पनि कमरेड वलीले चारुमजुदार लाइन रव्यक्ति हत्याको विरोध गर्नु भयो । निरंकुश राजतन्त्रको कहरलाई सहँदै १४वर्ष कष्टसाध्य जेल जीवन बिताउनु भयो । जेलमा रहँदाका वखतमा जनमत संग्रहवहिस्कार गर्ने गलत नीतिका विरुद्धमा वक्तव्य निकालेर वहुदलका पक्षमाउभिनका लागि आह्वान गर्नु भयो । पार्टीमा ०३९का समयको असामान्य कालमापार्टी एकताका पक्षमा आफुलाई उभ्याउनु भयो । जेलबाट छुटेपछि उक्त समस्याकोसमाधानको कार्यदलमा बसेर पार्टीलाई एकतावद्ध राख्न भूमिका खेल्नु भयो ।पार्टी एकतापछि मदन भण्डारीलाई नेतृत्वबाट हटाउनका लागि गरिएको षडयन्त्रकाविरुद्धमा आफुलाई दृढतापूर्वक उभ्याउनु भयो ।

मदन भण्डारीको अवसान पछिपार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनका लागि नेतृत्वका लागि आफुलाई आएकोप्रस्तावलाई अस्विकार गर्दै कमरेड माधव नेपाललाई नेताको रुपमा स्थापित गर्नभूमिका खेल्नु भयो । केन्द्रीय कमिटीको वहुमत सदस्यको हस्ताक्षरबाटतात्कालिक महासचिव कमरेड माधव नेपाललाई हटाउन खोज्दा रक्षाकवच बनेर उभिनुभयो । शाही कु पछिको अवस्थामा कमरेड माधव नेपाल नजरबन्दमा रहेको अवस्थामानेतृत्व परिवर्तन गर्न खोज्दा त्यसको विरोध गर्नु भयो । माओवादीउग्रवामपंथता र अराजकताका विरुद्धमा सिंगो राष्ट्रको नेतृत्व गर्नु भयो ।कमरेड माधव नेपालको नेतृत्वको सरकारलाई सडकबाटै ढाल्ने प्रयास हुँदा त्यसकोविरुद्ध सशक्त रुपमा खडा हुनु भयो ।

संविधानसभा भित्र र बाहिर जातियतावाद रक्षेत्रियतावादले टाउको उठाएर मुलुकको अस्मिता नै संकट खडा भएका बेलामात्यसका विरुद्ध दृढतापूर्वक अगुवाई गर्नु भयो । त्यसकै परिणाम स्वरुप कमरेडकेपी वली कुनै ठूलो पद र ओहोदामा नरहेपनि राष्ट्रको नेता बन्न सफल हुनुभएको छ । त्यस्तो व्यक्तिलाई कुनै पनि हालतमा नेतृत्वमा आउन नदिने हिसावलेवहस गरिनु र नीतिभन्दा बाहिरको नेतृत्व भनेर प्रचार गरिनु अत्यन्त हानिकारककुरा हो ।

यतिबेला पार्टीमा चलिरहेको वहस अमुक नेताका विरुद्धमा अर्को नेतालाई खडागर्ने हिसावले अघि बढाउनु हुँदैन । नेतृत्व निर्माण र हस्तान्तरणको विधि रप्रणाली स्थापित गर्ने कुरामा हाम्रो जोड रहनु पर्दछ । विगतमा नै दुईअवधिको कुरा पार्टीले अघि सारिसकेको र यस अधिवेशनबाट उमेरको हदको कुरा समेतअघि बढाउन लागि रहेको अवस्थामा त्यसलाई कसरी व्यवहारिक र प्रभावकारी ढंगलेलागुगर्न सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान जान सक्नु पर्दछ । तेस्रोविश्वमा नै नेतृत्व निर्माण र हस्तान्तरणको विषय एउटा जटिल समस्या हो । तरत्यसलाई समाधान गरेर नै राजनीतिलाई सही बाटोमा अघि बढाउन सकिन्छ ।नेकपा(एमाले)को नवौं महाधिवेशनको सन्दर्भमा चलिरहेको नीति र नेतृत्वकोवहसलाई यही परिप्रेक्ष्यमा हेरिनु पर्दछ ।

राताे सूर्यबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us