समाचार

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौंः देव गुरुङ

२०८२ वैशाख १९ गते १२:५३

काठमाण्डू, १९ वैशाख– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने धारणा राखेका छन । आज (शुक्रबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले यस्तो बताएका हुन । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने...

नुवाकोटमा प्रदर्शन भएपछि काठमाण्डूबाट फोहोर बोकेर गएका २ सय गाडी बाटोमै रोकिए

२०८२ वैशाख १९ गते १२:४८

काठमाण्डू, १९ वैशाख– काठमाण्डूको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाण्डू महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् । फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकेका हुन । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर...

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै

२०८२ वैशाख १९ गते १२:३३

काठमाण्डू, १९ वैशाख– सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइदै छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप...

मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित

२०८२ वैशाख १९ गते ११:३१

काठमाण्डू, १९ वैशाख– आज शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८२ वैशाख १९ गते ११:२७

काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।...

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०८२ वैशाख १९ गते ११:२२

काठमाण्डू, १९ वैशाख– सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कडरबोना नजिक सडकमा रोकिराखेको प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपरमा गए राति बा ६७...

मन्त्रिपरिषद बैठक बस्दै

२०८२ वैशाख १९ गते ९:५१

काठमाण्डू, १९ वैशाख– आज (शुक्रबार) मन्त्रिपरिषदको बैठक आज बस्दै छ । आज बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् । संघीय संसदको...

भारतमा नेपाली छात्रा मृत्यु प्रकरणबारे के भन्छिन् आरजु राणा ?

२०८२ वैशाख १९ गते ८:२४

काठमाण्डू, १९ वैशाख– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा  नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनालाई लिएर नेपाल सरकारले तत्काल कूटनीतिक सक्रियता देखाएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले घटनापछि संवेदनशीलता देखाउँदै भारत सरकारसँग प्रत्यक्ष सम्पर्क गरिएको जानकारी दिएकी छन् ।...

प्रकृति लम्सालपछि केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु, के भन्छ भारतीय पक्ष ?

२०८२ वैशाख १९ गते ८:२१

काठमाण्डू, १९ वैशाख– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनको खबरले फेरि एकपटक शिक्षा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । वीरगञ्जकी २० वर्षीया प्रिशा शाह बिहीबार साँझ होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।...

बाबुरामको टिप्पणीः श्री ५ त ठिक हुँदै होइनन्, श्री ३ पनि ठिक होइनन्

२०८२ वैशाख १८ गते १९:४०

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताप्रति लक्षित गर्दै श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो भ्रम मान्छेमा पर्न गएको बताएका छन । आज बिहीबार जनसंगठन...

‘कम्युनिष्ट पार्टी भन्ने तर, बिचौलिया र दलालहरूलाई पोस्ने…’

२०८२ वैशाख १८ गते १८:५०

काठमाण्डू, १८ वैशाख– पूर्वमन्त्री समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई ‘पोस्ने’ गरेको भन्दै निर्मम टिप्पणी गरेका छन् । आज (बिहीबार) परेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै डा. रावलले यस्तो टिप्पणी गरेका हुन । नेता...

आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु

२०८२ वैशाख १८ गते १८:३९

काठमाण्डू, १८ वैशाख– मकवानपुरमा आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । बिहीबार स्थानीय रामबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us