समाचार

न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको बयान सुरु

२०८२ साउन ३० गते १२:४१

काठमाण्डू, ३० साउन– जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन उर्फ मिलन गुरुङको मुद्दामा बहस सुरु भएको छ । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासमा चक्रेको बयान सुरु...

मनोहराको सुकुम्बासी बस्तीमा काठमाण्डू महानगरले चल्यो डोजर

२०८२ साउन ३० गते १२:३६

काठमाण्डू, ३० साउन– काठमाण्डू महानगरपालिकाले मनोहरा खोला किनारामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काइदिएको हो । वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग...

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्णः प्रचण्ड

२०८२ साउन ३० गते १२:३२

काठमाण्डू, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको तर्क गरेका छन । आज (शुक्रबार) भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...

म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छः प्रधानमन्त्री ओली

२०८२ साउन ३० गते १२:१७

काठमाण्डू, ३० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन । आज (शुक्रबार) डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले...

ओलीलाई प्रचण्डको जवाफः टियू मैले हेरैकै छु, तपाईंले हावादारी गफ दिनुभयो

२०८२ साउन २९ गते १८:२५

काठमाण्डू, २९ साउन– पूर्व प्रधामन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको आरोप लगाएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी अध्यक्ष...

संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैनः गृहमन्त्री लेखक

२०८२ साउन २९ गते १८:१८

काठमाण्डू, २९ साउन– गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको तर्क गरेका छन । आज (बिहिबार) विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन । तर,...

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

२०८२ साउन २९ गते १७:४९

काठमाण्डू, २९ साउन– ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र...

पर्यटन विभागका तत्कालीन निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ साउन २९ गते १७:३७

काठमाण्डू, २९ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । ०६६ साल जेठ २४ गतेदेखि ०७९ साल साउन २९ गतेसम्मको अवधिमा...

१ घण्टा अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह

२०८२ साउन २९ गते १७:२४

काठमाण्डू, २९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह गरेको छ । अध्यागमन कार्यालयले विशेष गरी राती समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहँदा प्रक्रियामा ढिलाइ हुने सम्भावना बढेको भन्दै...

४ भदौमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८२ साउन २९ गते १७:१९

काठमाण्डू, २९ साउन– आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यसबारे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज (बिहीबार) सभालाई जानकारी गराएका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था रहेको छ ।...

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमाथि खस्यो ढुंगा, ३ जना घाइते

२०८२ साउन २९ गते १७:१२

काठमाण्डू, २९ साउन– चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै एक भारतीय ट्रकमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन । घाइते हुनेमा ट्रक चालक भारतको ब्याङ्लोर बस्ने करिब ४५ वर्षीय मेगुप्रसाद, सोही ठाउँका २१ वर्षीय नहमान धुनियाँ र ट्रक चालकका छोरा १८ वर्षीय...

अध्यागमन जाँचमा शंकास्पद कागजात भेटिए सिधै प्रहरीको जिम्मा लगाउने निर्णय

२०८२ साउन २९ गते १७:०२

काठमाण्डू, २९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद कागजात भेटिए अब सिधै छानबिनका लागि प्रहरीको जिम्मा लगाउने निर्णय भएको छ । विमानस्थलमा भिजिट भिसाका नाममा भएका विकृतिको सुधारका प्रयास स्वरुप सर्वपक्षीय छलफलपछि यो निर्णय भएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन । महानिर्देशक तिवारीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us