संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैनः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८२ साउन २९ गते १८:१८ मा प्रकाशित

काठमाण्डू, २९ साउन– गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको तर्क गरेका छन । आज (बिहिबार) विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन । तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ ।

गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतस् समाप्त हुने बताएका छन । गृहमन्त्री लेखकले भने, ‘यदी अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ,’ लेखकले बैठकमा भने, ‘पुनस् लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ ।

नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’ विदेशको नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिक बन्न चाहेको खण्डमा उक्त देशको सम्पूर्ण डकुमेन्ट छाड्नपर्ने उनले बताए ।

उनले थपे, ‘यदी नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनस् नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेन्ट ल्याएर नेपालमा दर्ता गर्‍यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ ।’ दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने पनि उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us