मनोहराको सुकुम्बासी बस्तीमा काठमाण्डू महानगरले चल्यो डोजर

काठमाण्डु टुडे २०८२ साउन ३० गते १२:३६ मा प्रकाशित

काठमाण्डू, ३० साउन– काठमाण्डू महानगरपालिकाले मनोहरा खोला किनारामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काइदिएको हो ।

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीयसँग वादविवाद भएको छ ।

टहराहरु भत्काउन काठमाण्डू महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us