समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः एमाले सांसद ढकाल

२०८२ साउन ३० गते १६:०५

काठमाण्डू, ३० साउन– एमाले सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आज (शुक्रबार) सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो बताएका हुन । उनले यात्रुहरू हरेकलाई...

गुण्डा नाइके चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश

२०८२ साउन ३० गते १५:५२

काठमाण्डू, ३० साउन– जिल्ला अदालत भक्तपुरले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छाड्न आदेश दिएको छ । आज (शुक्रबार) अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो । धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन् । सरकारी...

कुलिङ अफ पिरियड प्रकरणः समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन

२०८२ साउन ३० गते १५:३६

काठमाण्डू, ३० साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को कुलिङ अफ पिरियड प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन । शुक्रबार सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज...

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छः प्रधानमन्त्री ओली

२०८२ साउन ३० गते १५:२८

काठमाण्डू, ३० साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन । आज (शुक्रबार) ललितपुरमा आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालमा सञ्चालन रहेका तर दर्ता...

अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छः सभापति देउवा

२०८२ साउन ३० गते १५:२०

काठमाण्डू, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन । आज (शुक्रबार) कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका...

मनोहरामा सुकुम्वासी बस्ती हटाउँदा तनावः ३ नगर प्रहरी घाइते

२०८२ साउन ३० गते १५:०८

काठमाण्डू, ३० साउन– काठमाण्डूको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनावको अवस्था सिर्जना भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाण्डू महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएको...

नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफः शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

२०८२ साउन ३० गते १५:०१

काठमाण्डू, ३० साउन– त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ फर्काएको छ । यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस प्रशासनबिच रोक्ने सहमति भएको थियो । सोही अनुसार क्याम्पस प्रशासनले त्रिभुवन...

भैरहवामा रास्वपाको २ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

२०८२ साउन ३० गते १४:४६

काठमाण्डू, ३० साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण सुरु गरेको छ । पार्टीको लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबार र शनिबार चल्ने यो प्रशिक्षणलाई रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनसँग समेत जोडेर हेरीएको छ । प्रशिक्षणमा प्रदेशका...

नेपालगञ्जमा गोली चलाएर प्रहरीले समात्यो खैरो हेरोइन कारोबारी

२०८२ साउन ३० गते १४:२१

काठमाण्डू, ३० साउन– प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार...

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

२०८२ साउन ३० गते १३:४५

काठमाण्डू, ३० साउन– डेंगु संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिएका छन । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट...

एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता

२०८२ साउन ३० गते १३:१७

काठमाण्डू, ३० साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी प्रदान गरेको छ । आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले वरिष्ठ नेता पाएका...

कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

२०८२ साउन ३० गते १३:११

काठमाण्डू, ३० साउन– पछिल्लो तीन दिनयता कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीको मृत्यु भएको छ । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले दिएको जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us