नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफः शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

काठमाण्डु टुडे २०८२ साउन ३० गते १५:०१ मा प्रकाशित

काठमाण्डू, ३० साउन– त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ फर्काएको छ ।

यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस प्रशासनबिच रोक्ने सहमति भएको थियो । सोही अनुसार क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको रजिस्टार कार्यालयले सिफारिस गरेको थियो ।

तर रजिस्टार कार्यालयले शुल्क वृद्धि रोक्ने निर्णय नभएको जानकारी दिएको छ । रजिस्टार कार्यालयको जवाफप्रति स्ववियु सभापति विशाल रोकायाले कडा आपत्ति जनाउँदै विद्यार्थीमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने निर्णय तत्काल सच्याउन आग्रह गर्दै आवश्यक परे आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us