समाचार

भृकुटीमण्डपमा प्रधानमन्त्री र राजेन्द्र महतोबीच जुहारी !

२०७६ वैशाख १८ गते १४:५३

काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् । मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ । यो एक वर्षमा मानिस विदेश...

कांग्रेसद्धारा कांग्रेस कार्यालयमै तोडफोड

२०७६ वैशाख १८ गते १४:४९

तनहुँ, १८ बैशाख – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले स्थापना गरेको जिल्ला कार्य समितिको कार्यालयमा बुधबार तोडफोड भएको छ । मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्‍यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपोत लाइनमा रहेको कार्यालयमा...

नेताहरु ६० वर्षसम्मकालाई पनि युवा भन्छन्ः सीके राउत

२०७६ वैशाख १८ गते १४:१६

काठमाण्डु, १८ वैशाख – नवगठित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विगतमा नेताहरुले युवाहरुलाई भविष्यका कर्णधार मात्रै भनेर अल्मल्याउने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्यक परिवर्तनमा युवा नेतृत्व विषयक सो अन्तरक्रिया...

राष्ट्रहितकाे पक्षमा बोल्न छाड्दिनः भीम रावल

२०७६ वैशाख १८ गते १३:५५

अछाम, १८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन् । मंगलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल...

तातोपानी नाका खुलाउन तीव्रगतिमा काम, जेठ अन्तिमबाट सञ्चालन

२०७६ वैशाख १८ गते १३:५४

सिन्धुपाल्चोक, १८ बैशाख – वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।...

जापानका नयाँ राजालाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

२०७६ वैशाख १८ गते १३:०९

काठमाण्डु, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोले गद्दी आरोहरण गरेको अवसरमा बधाई दिएकी छिन् । सम्राट नारुहिताको गद्दी आरोहणसँगै प्रारम्भ भएको रिवा युगमा नेपाल र जापानबीचको हार्दिकता एवं मित्रवत सम्बन्ध अझ सुदृढ हुने उनले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति...

नेकपा नेता सवार कारलाई ट्रकले ठक्कर दियो, चार नेता घाइते

२०७६ वैशाख १८ गते १२:५६

दाङ, १८ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको...

तस्करहरुले प्रहरीको पेस्तोल र गोली नै लुटेपछि…

२०७६ वैशाख १८ गते १२:४७

जनकपुरधाम, १८ बैशाख – धनुषामा तस्करहरुको समूहले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा बुधबार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर...

भरुवा बन्दुकसहित शव फेला

२०७६ वैशाख १८ गते १२:१९

कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ । शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।...

वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन

२०७६ वैशाख १८ गते ११:४२

काठमाण्डु, १८ बैशख – नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति वि.पी स्मृती अस्पताल बसुन्धरा काठमाण्डुमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं...

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना

२०७६ वैशाख १८ गते ११:४१

काठमाण्डु, १८ वैशाख – २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको र्‍याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले...

भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने चेतावनी, नेपालमा के हुन्छ ?

२०७६ वैशाख १८ गते ११:३२

काठमाण्डु, १८ वैशाख – भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ । विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us