
कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ ।
शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डांडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीय सर्वसाधारणले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । पोस्टमर्टमका लागि शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।