जापानका नयाँ राजालाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोले गद्दी आरोहरण गरेको अवसरमा बधाई दिएकी छिन् ।

सम्राट नारुहिताको गद्दी आरोहणसँगै प्रारम्भ भएको रिवा युगमा नेपाल र जापानबीचको हार्दिकता एवं मित्रवत सम्बन्ध अझ सुदृढ हुने उनले विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई बुधबार एक बधाई सन्देश पठाउँदै उनको सुख, सुस्वास्थ्य साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us