
तनहुँ, १८ बैशाख – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले स्थापना गरेको जिल्ला कार्य समितिको कार्यालयमा बुधबार तोडफोड भएको छ ।
मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपोत लाइनमा रहेको कार्यालयमा तोडफोड गरेका हुन् ।
र्यालीमा सहभागीले बन्द अवस्थामा रहेको कार्यालयको फ्लेक्स बोर्ड तोडफोड गर्नुका साथै सटरमा लेखिएको अक्षरमा रातो रंग लगाएर मेटेका छन् ।
समानान्तर समितिको कार्यालय तोडफोड गर्ने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ताको सहभागिता रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।