धादिङ, १८ बैशाख — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी–६, बेल्खुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाण्डु चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने २९ वर्षीय राज महर्जन र वडा नं १२ का ३१ वर्षीय कविकुमार महर्जनको मृत्यु भएको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज...
विराटनगर, १८ बैशाख – नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुब कुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो । गत चैत १० गते...
काठमाण्डु, १८ वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा प्रवेश गरेका छन् । गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् । अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ २१...
काठमाण्डु, १८ बैशाख – काठमाण्डु महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ । महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन ।...
काठमाण्डु, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् । मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ । यो एक वर्षमा मानिस विदेश...
तनहुँ, १८ बैशाख – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षधरले स्थापना गरेको जिल्ला कार्य समितिको कार्यालयमा बुधबार तोडफोड भएको छ । मजदुर दिवसको अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको र्यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपोत लाइनमा रहेको कार्यालयमा...
काठमाण्डु, १८ वैशाख – नवगठित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विगतमा नेताहरुले युवाहरुलाई भविष्यका कर्णधार मात्रै भनेर अल्मल्याउने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सम्यक परिवर्तनमा युवा नेतृत्व विषयक सो अन्तरक्रिया...
अछाम, १८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन् । मंगलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल...
सिन्धुपाल्चोक, १८ बैशाख – वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।...
काठमाण्डु, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोले गद्दी आरोहरण गरेको अवसरमा बधाई दिएकी छिन् । सम्राट नारुहिताको गद्दी आरोहणसँगै प्रारम्भ भएको रिवा युगमा नेपाल र जापानबीचको हार्दिकता एवं मित्रवत सम्बन्ध अझ सुदृढ हुने उनले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति...
दाङ, १८ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको...
जनकपुरधाम, १८ बैशाख – धनुषामा तस्करहरुको समूहले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा बुधबार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर...