समाचार

भरुवा बन्दुकसहित शव फेला

२०७६ वैशाख १८ गते १२:१९

कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ । शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।...

वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन

२०७६ वैशाख १८ गते ११:४२

काठमाण्डु, १८ बैशख – नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति वि.पी स्मृती अस्पताल बसुन्धरा काठमाण्डुमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं...

प्रेस स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना

२०७६ वैशाख १८ गते ११:४१

काठमाण्डु, १८ वैशाख – २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको र्‍याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले...

भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने चेतावनी, नेपालमा के हुन्छ ?

२०७६ वैशाख १८ गते ११:३२

काठमाण्डु, १८ वैशाख – भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ । विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको...

चितवनमा वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु

२०७६ वैशाख १८ गते ११:२९

चितवन, १८ बैशाख – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६ वैशाख १८ गते ११:२६

चितवन, १८ बैशाख – टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५...

राष्ट्रपति स्वदेश फिर्ता

२०७६ वैशाख १८ गते १०:५६

काठमाण्डु, १८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किएकी छन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका छन् । राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा...

राष्ट्रपति चीनबाट फर्किदा काठमाण्डुका आकाश खाली

२०७६ वैशाख १८ गते १०:४७

काठमाण्डु, १८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डुका आकाश खाली गराइएको छ । चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी...

बिवाह बन्धनमा बाँधिदै पूर्वराष्ट्रपति रामवरण यादवकी छोरी

२०७६ वैशाख १८ गते १०:४४

काठमाण्डु, १८ वैशाख – पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ । लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ । फेसन डिजाइनर...

देउवा नै मुछिएको बालुवाटार जग्गा प्रकरणबारे बोल्यो कांग्रेस

२०७६ वैशाख १८ गते १०:४०

काठमाण्डु, १८ वैशाख – प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको विषयमा गहिरो छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संसद्मा नै बालुवाटार प्रकरणप्रति कडा अभिव्यक्ति दिएको भन्दै दोषीलाई दण्डित गर्नुपर्ने...

परराष्ट्रमन्त्रीले गरे ल्हासाको महावाणिज्य दूतावासको निरीक्षण

२०७६ वैशाख १८ गते १०:२९

ल्हासा, १८ वैशाख – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको निरीक्षण गरेका छन् । मन्त्री ज्ञवाली मंगलबार ल्यासा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गरेका थिए । निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको...

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा भीभीआईपीको शुभकामना, कसले के भने ?

२०७६ वैशाख १८ गते १०:१६

काठमाण्डु, १८ वैशाख – अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भीभीआईपीहरुले शुभकामना व्यक्त गरेका छन् । कसले के भने ? श्रम क्षेत्रको सुधारमा सरोकार पक्ष केन्द्रित हुनुपर्छः राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us