बिवाह बन्धनमा बाँधिदै पूर्वराष्ट्रपति रामवरण यादवकी छोरी

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ ।

लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो । उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।

फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् । यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us