नेताहरु ६० वर्षसम्मकालाई पनि युवा भन्छन्ः सीके राउत

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – नवगठित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विगतमा नेताहरुले युवाहरुलाई भविष्यका कर्णधार मात्रै भनेर अल्मल्याउने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

सम्यक परिवर्तनमा युवा नेतृत्व विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवाहरु राजनीतिक परिवर्तनमा नेतृत्वलाई सहयोग गर्ने तर भविष्यका कर्णधार मात्रै भएर बस्ने गरेको वर्तमानका लागि आफैले केही गर्नुपर्ने बताए ।

उनले युवाहरु सामाजिक क्रान्तिमा लाग्नुपर्ने जनाउँदै युवाहरुले ४० वर्षसम्म युवा भनेर राजनीति गर्न खोजेको र नेताहरुले पनि ६० वर्षसम्म युवा भन्ने गरेको भन्दै व्यंग्य गर्ने प्रयास समेत गरेका छन् ।

हामीलाई भविष्यका कर्णधार भनेर पुल्पुल्याउने काम भएको र हामी त्यसैमा रमाएको भन्दै परिवर्तनका संवाहकका रुपमा अब अघि आउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us