उपराष्ट्रपति लैनचौरको ‘ग्रीन हाउस’मा सरे

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा प्रवेश गरेका छन् । गैह्रीधारामा रहेको सरकारी निवासबाट लैनचौरमा रहेको उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् ।

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वातावरणमैत्री हरियो रङले रङ्ग्याइएकाले उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछिमात्रै सर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us