तस्करहरुले प्रहरीको पेस्तोल र गोली नै लुटेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते १२:४७ मा प्रकाशित

जनकपुरधाम, १८ बैशाख – धनुषामा तस्करहरुको समूहले प्रहरीको पेस्तोल लुटेर भागेका छन् ।

जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा बुधबार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका हुन् ।

स्रोतका अनुसार तस्करहरू करीब १ दर्जनको संख्यामा थिए । तस्करहरु भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने समूहले रहेको खुलेको छ ।

। तस्करलाई प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीको हतियार लुटेर फरार भएका थिए । अहिले त्यहाँ तनाव उत्पन्न भएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us