समाचार

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

२०८२ फागुन ३ गते १५:५८

काठमाण्डू, ३ फागुन– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरीएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो...

अशोक राई नेतृत्वको जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा प्रवेश

२०८२ फागुन ३ गते १५:२९

काठमाण्डू, ३ फागुन– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू आज (आइतबार)...

झापा ५: नेकपा उम्मेदवार रञ्जित तामाङद्वारा ‘भिजन पेपर’ सार्वजनिक

२०८२ फागुन ३ गते १५:२१

काठमाण्डू, ३ फागुन– आगामी २१ फागुनको निर्वाचनको लागि झापा–५ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रहेका रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् । दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गर्दै तामाङले झापा–५...

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ‘नो भोट’ को विकल्पसम्म

२०८२ फागुन ३ गते १५:१४

काठमाण्डू, ३ फागुन– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले शासकीय स्वरूपमा परिवर्तन, भ्रष्टाचार नियन्त्रण र...

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

२०८२ फागुन ३ गते १५:०६

काठमाण्डू, ३ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी कार्य सुरु गरेको छ । छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु

२०८२ फागुन ३ गते १४:५९

काठमाण्डू, ३ फागुन– रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका– ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै...

टुँडिखेलमा मनाइयो सेना दिवस

२०८२ फागुन ३ गते १४:४५

काठमाण्डू, ३ फागुन– नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाएको छ । आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना...

पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

२०८२ फागुन ३ गते १४:३९

काठमाण्डू, ३ फागुन– प्रहरीले काठमाण्डूको पशुपति क्षेत्रबाट १३८ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन...

चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैनः केपी ओली

२०८२ फागुन ३ गते १४:२१

काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन । आज (आइतबार) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले चुनावको वातावरणबारे यसै भन्न...

आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

२०८२ फागुन ३ गते १३:५१

काठमाण्डू, ३ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आज (आइतबार)बाट देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ...

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ फागुन ३ गते १३:३९

काठमाण्डू, ३ फागुन– नवलपुरको गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय लखन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय तामाङको मृत्यु...

केपी ओली झापा आउँदै, विमानस्थलको सुरक्षा व्यवस्था कडा

२०८२ फागुन ३ गते १३:१२

काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन् । ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ का उम्मेदवार हुन् । उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us