समाचार

निर्वाचन आयोगले दुःख दियोः रविन्द्र मिश्र

२०८२ पुष १६ गते ९:२८

काठमाण्डू, १६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरुको सूचीमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निर्वाचन आयोगप्रति दुःखेसो व्यक्त गरेका छन । मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा आफूले २०७९ मंसिर २० गते, निर्वाचन सम्पन्न भएको दुई हप्तापछि...

समानुपातिक सूचीमा कांग्रेसले छाड्यो १३ जिल्ला

२०८२ पुष १६ गते ९:२१

काठमाण्डू, १६ पुस– नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागी निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको खुलेको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।बन्दसूचीमा समावेश नामअनुसार सबैभन्दा बढी बागमती प्रदेशका चार...

बादलमाथि खनिए गोकुल बास्कोटाः प्रत्यक्ष चुनाव लडेर जित्न चुनौती

२०८२ पुष १६ गते ९:२०

काठमाण्डू, १६ पुस–एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिएर प्रत्यक्षमा चुनाव लड्न चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता पटकपटक समानुपातिक कोटामा बसेकोमा आलोचना गरेका हुन् । मंगलबार राजधाजीमा आयोजित एक...

रवि, बालेन र कुलमान हराउन काँग्रेस एमाले मिलेर चुनावमा जानुपर्ने अवस्था आयोः बादल

२०८२ पुष १५ गते २१:१२

काठमाण्डू, १५ पुस– एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले आगामी २१ फागुनको निर्वाचन एमाले र कांग्रेस मिलेर लड्नुपर्ने बताएका छन् । मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा मंगलबार आयोजित कार्यक्रममा बादलले डिपस्टेटवादीलाई परास्त गर्न काँग्रेस एमाले मिल्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको तर्क गरे । उनले डिप स्टेटवादी भनेर...

काँग्रेसले राष्ट्रपति पौडेल पुत्री, पूर्वराष्ट्रपति यादव पुत्र र नेता पत्नीलाई समानुपातिकमा राख्यो

२०८२ पुष १५ गते २१:००

काठमाण्डू, १५ पुस– कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति रामवरण यादवका छोरालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति पौडेलपुत्री संज्ञा पोखरेल पौडेल र पूर्वराष्ट्रपति यादव पुत्र चन्द्रमोहन यादवको नाम छ । यस्तै नेता बलबहादुर...

काँग्रेसले ससुरालाई समानुपातिकमा राखेकामा गगनको आपत्ति

२०८२ पुष १५ गते २०:५३

काठमाण्डू, १५ पुस– कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवार बनाएकामा आपत्ति जनाएका छन् । थापाले आफ्नो चाहनाविपरीत केसीलाई समानुपातिक उम्मेदवारको सूचीमा राखिएको बताए । ०७९ को निर्वाचनमा नुवाकोट २ बाट निर्वाचित केसीले आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नबन्ने घोषणा गरेका थिए...

रवि, बालेन र कुलमान एकताप्रति ओलीको हेपाहा टिप्पणीः बाघको शिकार गर्न कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी

२०८२ पुष १५ गते २०:४१

काठमाण्डू, १५ पुस– एमाले अध्यक्ष केपी ओलीले काठमाण्डूका मेयर बालेन्द्र साह बालेनप्रति ब्यंग्य गरेका छन् । ओलीले पार्टी सभापति र उपसभापति अरु नै भएर कसरी प्रधानमन्त्री बन्ने भन्दै उनले प्रश्न गरेका छन् । आफूले बाठो ठानेको भए पनि बालेनलाई रास्वपा सभापति रवि लामिछानेले जिल्याएको...

निर्वाचनको वातावरण अझै बन्न सकेनः विष्णु पौडेल

२०८२ पुष १५ गते १७:३८

काठमाण्डू, १५ पुस– एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएका छन । आज (मंगलबार) एमाले निकट संगठन रिटर्नी फेडेरेसनको स्थापना दिवसको अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले दलको विकल्प दल मात्रै हुने पनि बताए...

सभापतिमा पूर्णबहादुरलाई सघाउने देउवाको प्रष्ट सन्देश

२०८२ पुष १५ गते १७:३३

काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने बताएका छन । पार्टीको उपसभापति भइसकेको र अहिले कार्यवाहक पनि चलाइरहेको बताउँदै देउवाले खड्कालाई नै आफूले सहयोग...

प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेको छः केपी ओली

२०८२ पुष १५ गते १७:२६

काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पर्खिरहेको बताएका छन । एमाले अध्यक्ष ओलीले एमालेले हालै आफ्नो महाधिवेशनबाट पार्टीको आन्तरिक जीवनमा फैसला दिएको बताएका उनले अब निर्वाचनबाट राष्ट्रिय फैसला दिन पार्टी तयार रहेको धारणा राखेका छन् । आज (मंगलबार)...

२१ फागुनको चुनावमा एमाले र कांग्रेसबाहेक अरू कसैले सरकार बनाउन सक्दैनन्ः ओली

२०८२ पुष १५ गते १६:५०

काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति कडा व्यंग्य गरेका छन । काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन् । ऊर्जामन्त्री कुलमान...

बालेनप्रति ओलीको व्यंग्य : प्रधानमन्त्रीमा नाम चलेको व्यक्तिलाई मैले बाठै ठानेको थिएँ !

२०८२ पुष १५ गते १६:४८

काठमाण्डू, १५ पुस– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति कडा व्यंग्य गरेका छन । काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन् । ऊर्जामन्त्री कुलमान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us