अब बलियो सरकार बन्ने आशा जागेको छः रवि लामिछाने

काठमाण्डु टुडे २०८२ फागुन ४ गते १३:३४ मा प्रकाशित

काठमाण्डू ४ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन ।

आज (सोमबार) चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन ।

लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनको तर्क छ ।

सभापति लामिछानेले भने, ‘पहिला चितवनमा सुरु गर्दा माहौल थिएन । अब बलियो सरकार बन्छ भन्ने आशा जागेको छ, ‘सुकुम्बासी समस्याबारे मैले पहिलादेखि नै बुझेको छु ।

नेताहरूले मुखले बोलीले होइन काम गरेर देखाउनुपर्ने हुन्छ ।’ कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us