समाचार

९५५ किलो गाँजासहित दुई जना पक्राउ

२०८२ फागुन ५ गते १३:२४

काठमाण्डू, ५ फागुन– प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित बरडाँडाबाट दुई वटा सवारीसाधसहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले मंगलबार बिहान बरडाँडाबाट बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप र बीएसी ३२३६ नम्बरको गाडीबाट ९ सय ५५ केजी गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको...

सकियो मतपत्र छपाइको काम

२०८२ फागुन ५ गते १३:१७

काठमाण्डू, ५ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिएका छन । आजदेखि सबै...

अब निर्णय गर्ने अधिकार मतदाताको हातमा छः अध्यक्ष यादव

२०८२ फागुन ५ गते १३:१२

काठमाण्डू, ५ फागुन– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबैलाई अनुरोध गरेका छन । अध्यक्ष यादवले अब निर्णय गर्ने अधिकार मतदाताको हातमा रहेको बताउँदै इतिहास लेख्ने कि मेट्ने भन्दै प्रश्न...

पूर्वमन्त्री गुप्ताको निवेदन सुनुवाइका लागि पेसी तोकियो

२०८२ फागुन ५ गते १३:०३

काठमाण्डू, ५ फागुन– लिचिबारी भ्रष्टाचार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदन सुनुवाइका लागि पेसी तोकीएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका...

भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ

२०८२ फागुन ५ गते १२:५७

काठमाण्डू, ५ फागुन– गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन् । बाराको प्रसौनी गाउँपालिका– १ बस्ने २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४...

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको आह्वान

२०८२ फागुन ५ गते १२:४८

काठमाण्डू, ५ फागुन– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन ।...

दाङमा सिलिन्डर विस्फोट

२०८२ फागुन ५ गते १२:४१

काठमाण्डू, ५ फागुन– दाङमा सिलिन्डर विस्फोट गराइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्ध समूहले विस्फोट गराएको अनुमान गरीएको छ । तुलसीपुर उपमहानगरपालिका स्थित पातु खोला किनारमा सिलिन्डर विस्फोट भएको अवस्थामा भेटिएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिए । खोला किनारमा विस्फोट गराइएको हुनाले...

दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिने

२०८२ फागुन ५ गते १२:१५

काठमाण्डू, ५ फागुन– विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका हुन् । प्रसाईंलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन...

पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

२०८२ फागुन ५ गते १२:११

काठमाण्डू, ५ फागुन– पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकीएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ...

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग

२०८२ फागुन ५ गते १२:०७

काठमाण्डू, ५ फागुन– आम जनता पार्टी (आजपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आजपाको माग गरेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको...

दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्ः राप्रपा

२०८२ फागुन ५ गते १२:०१

काठमाण्डू, ५ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र...

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फागुन ४ गते २२:०९

काठमाण्डू, ४ फागुन- प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । भक्तपुरस्थित निवासबाट उनलाई सोमबार साँझ पक्राउ गरिएको हो । चुनाव भाँड्ने अभिव्यक्ति दिएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले बताए । प्रसाईंलाई काठमाण्डू परिसरको हिरासतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us