समाचार

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

२०८२ फागुन ६ गते १४:३२

काठमाण्डू, ६ फागुन– धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ । चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन् । रास्वपाले ‘परिवर्तन...

सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

२०८२ फागुन ६ गते १३:४९

काठमाण्डू, ६ फागुन– राहदानी वभागले आज (बुधबार) सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ । विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ । सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि...

रास्वपा मधेस सभापति ममता शर्माले त्यागिन् पार्टी

२०८२ फागुन ६ गते १३:३५

काठमाण्डू, ६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि...

एमाले देश बनाउने शक्ति होः ईश्वर पोखरेल

२०८२ फागुन ६ गते १३:२१

काठमाण्डू, ६ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि काठमाण्डू–५ बाट एमालेको तर्फबताट उम्मेदवार रहेको ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरहेका छन्...

अण्डाको मूल्य बढ्यो

२०८२ फागुन ६ गते १३:०५

काठमाण्डू, ६ फागुन– नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य फेरी वृद्धि गरेको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ...

सस्तो लोकप्रियताले देश बन्दैनः सचिन तिमल्सिना

२०८२ फागुन ६ गते १२:५६

काठमाण्डू, ६ फागुन– कांग्रेसका तर्फबाट काठमाण्डू– ४ बाट उम्मेदवार रहेका सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने बताएका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा...

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

२०८२ फागुन ६ गते १२:३९

काठमाण्डू, ६ फागुन– कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको हो । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन । कांग्रेस सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल...

स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालन

२०८२ फागुन ६ गते १२:२१

काठमाण्डू, ६ फागुन– टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको बताइएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको...

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

२०८२ फागुन ६ गते १२:१४

काठमाण्डू, ६ फागुन– शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई हाल काठमाण्डू महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

हामी काम गर्न आएको हौँ, भाषण गर्नेसँग प्रतिस्पर्धा हुँदैछः कुलमान

२०८२ फागुन ५ गते १७:३७

काठमाण्डू, ५ फागुन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसपटक हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भइरहेको तर्क गरेका छन । आज (मंगलबार) भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन । उनले काम...

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

२०८२ फागुन ५ गते १७:१८

काठमाण्डू, ५ फागुन– पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

२०८२ फागुन ५ गते १७:०४

काठमाण्डू, ५ फागुन– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डूले प्रसाईंलाई चार दिन हिरासतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us