काठमाण्डू, ५ फागुन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसपटक हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बीचका प्रतिस्पर्धा भइरहेको तर्क गरेका छन ।
आज (मंगलबार) भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन ।
उनले काम गर्नेलाई चिनेर मत दिन आम मतदातासँग आग्रह समेत गरेका छन । उनले भने, ‘हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ, ‘यसमा जनताले साथ दिनुपर्यो ।’
काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयससहित नै आफू पार्टी खोलेर राजनीतिमा आएको पनि बताएका छन । उनले भने, ‘हाम्रो अभियान काम गर्न नै आएको हो । अरू जसरी भाषण गरेर हिँड्दैनौँ । हामी काम गरेर जनताको सेवा गर्छौँ ।’