सार्वजनिक बिदामा पनि राहदानी विभागको सेवा जारी

काठमाण्डु टुडे २०८२ फागुन ६ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– राहदानी वभागले आज (बुधबार) सार्वजनिक बिदामा पनि राहदानीले आफ्नो सेवा जारी राखेको छ ।

विभागले सार्वजनिक सूचनामार्फत आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसको दिनमा समेत सेवा जारी राखेको जनाएको छ ।

सेवाग्राहीलाई सुविधा दिन आज र भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us