पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाण्डु टुडे २०८२ फागुन ३ गते १४:३९ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– प्रहरीले काठमाण्डूको पशुपति क्षेत्रबाट १३८ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने गरी १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ । आइतबार बिहानैदेखि दशनार्थीहरूको पशुपति क्षेत्रमा घुइँचो लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us