सरकारलाई गगन थापाको आग्रहः आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गरौं

काठमाण्डु टुडे २०८३ साउन १२ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, १२ साउन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति ध्यानाकर्षण गराउँदै थापाले नागरिकको जीवन रक्षामा खटिने स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने दुर्व्यवहार र भौतिक आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने बताएका हुन ।

कांग्रेस सभापति थापाले चिकित्सकहरूको आन्दोलनका कारण उपचारको पर्खाइमा रहेका हजारौँ बिरामीले सास्ती भोग्नुपरेको भन्दै यस समस्याको तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलाइ गर्न नहुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us