एमएलएस अलस्टार खेलबाट लियोनेल मेसी बाहिरिए

काठमाण्डु टुडे २०८३ साउन १२ गते १५:३९ मा प्रकाशित

काठमाण्डू, १२ साउन– इन्टर मियामीका स्टार फरवार्ड एवं अर्जेन्टिनाका कप्तान लियोनेल मेसी एमएलएस अलस्टार खेलबाट आधिकारिक रूपमा बाहिरिएका छन् ।

विश्वकपपछि विश्राममा रहेकाले उनी बुधबार हुने खेलमा सहभागी नहुने भएका हुन् । मेसीसँगै रोड्रिगो डे पाउल, हुगो कुइपर्स र म्बेकेजेली म्बोकाजी पनि टोलीबाट बाहिरिएका छन् ।

उनीहरूको स्थानमा यानिक ब्राइट, आन्द्रेस कुबास, गिल्हेर्मे र फिलिप जिन्कर्नागेललाई अलस्टार टोलीमा समावेश गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us