काठमाण्डू, ३ फागुन– नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाएको छ । आज (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।
सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइएको छ ।