समाचार

लागुऔषधसहित २ जना पक्राउ

२०८२ फागुन २ गते १२:१५

काठमाण्डू, २ फागुन–प्रहरीले कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अत्तरिया राजमार्गस्थित मोहनपुर चोक सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बस्ने २५...

नीतिगत बहस आर्थिक वृद्धिमा सीमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

२०८२ फागुन २ गते १२:०८

काठमाण्डू, २ फागुन– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताएका छन । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन । उनले ०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस...

पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहल–पहल

२०८२ फागुन २ गते ११:४२

काठमाण्डू, २ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा दर्शन गर्न आउने साधुसन्तको चहलपहल बढेको छ । हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठुलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको उपस्थिति रहन्छ । गुठी संस्थानले यसवर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्व सुरु गरिसकेको छ ।...

महिलामाथि जबरजस्ती करणीको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

२०८२ फागुन २ गते १०:३७

काठमाण्डू, २ फागुन– प्रहरीले झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्धलाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति पक्राउ गरीएको प्रहरीले जनाएको छ । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै...

सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक पक्राउ

२०८२ फागुन २ गते १०:१२

काठमाण्डू, २ फागुन– प्रहरीले सुनसरीबाट पेस्तोल र गोली सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया ग्राम पञ्चायत बस्ने ३६ वर्षीय राम थेलन पासवान रहेको सुनसरी प्रहरीले जनाएको छ । उनलाई सुनसरी गाउँपालिका–३ जमुवा सीमा नाकाबाट पक्राउ गरिएको सशस्त्र...

लमजुङको कार्यक्रम स्थगित गरेर पोखरा आइपुगे बालेन

२०८२ फागुन २ गते १०:०१

काठमाण्डू, २ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) धादिङबाट गोरखा हुँदै लमजुङको कार्यक्रममा सहभागी हुने प्रचार थियो । उनले धादिङमा गाडीबाटै रोड शो गरेर आशिका तामाङलाई मत मागे । त्यसपछि गोरखा छिरेका उनी केही समय क्षेत्र नम्बर...

प्रतिनिधि सभा निर्वाचनः १४ जिल्लाको मतपत्र छाप्न बाँकी

२०८२ फागुन २ गते ९:५४

काठमाण्डू, २ फागुन– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । अब काठमाण्डू उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा...

फेवातालमा कार खस्यो, चालकको मृत्यु

२०८२ फागुन २ गते ९:४४

काठमाण्डू, २ फागुन– पोखरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी...

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

२०८२ फागुन २ गते ९:३८

काठमाण्डू, २ फागुन– ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ । दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र...

नयाँ पार्टीमा मत दिने चाहना भएकालाई कांग्रेस छः सभापति थापा

२०८२ फागुन १ गते १७:२८

काठमाण्डू, १ फागुन– कांग्रेस सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको तर्क गरेका छन । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको समेत उनले बताएका छन । कांग्रेस सभापति थापाले भने, ‘यदि कसैले नयाँ पार्टी...

आगामी आइतबार कांग्रेसको घोषणापत्र सार्वजनिक हुने

२०८२ फागुन १ गते १७:२०

काठमाण्डू, १ फागुन– कांग्रेसले आगामी ३ गते (आइतबार) प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले जानकारी दिएका छन । कांग्रेसले पार्टीको घोषणा पत्रलाई...

जसपा नेपालको घोषणापत्रः संविधान संशोधन गर्न आयोग बनाउने प्रस्ताव

२०८२ फागुन १ गते १५:४५

काठमाण्डू, १ फागुन– जनता समाजवादी पार्टी (जसपा), नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमकाबीच जसपाका अध्यक्ष उपेनद्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो पार्टीले संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us