काठमाण्डू, १ फागुन– जनता समाजवादी पार्टी (जसपा), नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमकाबीच जसपाका अध्यक्ष उपेनद्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो पार्टीले संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावका आधारमा काम अघि बढाउनुपर्ने बताएको छ ।
‘राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र, सामाजिक लोकतन्त्र, समावेशी लोकतन्त्र तथा साँस्कृतिक लोकतन्त्रलाई संस्थागत गर्ने लगायतका विषयहरूमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावको आधारमा संविधान संशोधनरपरिमार्जन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट धारणा जसपा, नेपालको रहेको छ,’ घोषणापत्रमा भनिएको छ ।