काठमाण्डू, ३ फागुन– कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने बताएका छन । आज (आइबतार) महाशिवरात्रि पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । धार्मिक तथा सांस्कृतिक पर्वहरूले...
काठमाण्डू, ३ फागुन– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज आइतबार नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार...
काठमाण्डू, ३ फागुन– आज (आइतबार) शिवरात्रिको दिन विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ । दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । भित्री सडक खण्ड हुँदै...
काठमाण्डू, २ फागुन– कांग्रेस सभापति गगन थापाले आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन । आज (शनिबार) सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन । उनले भने, ‘म यहाँ...
काठमाण्डू, २ फागुन– कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको आन्तरिक एकता निरन्तर सुदृढ बन्दै गइरहेको बताएका छन । आज (शनिबार) प्रवक्ता चालिसेले एक प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान पदाधिकारी पनि निर्देशन गर्ने कार्यमा संलग्न रहेको बताएका हुन । कांग्रेस प्रवक्ता चालिसेद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको...
काठमाण्डू, २ फागुन– पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ । सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३...
काठमाण्डू, २ फागुन– प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन । आज (शनिबार) महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले शुभकामनासँगै निर्वाचनबारे पनि निर्देशन दिएका हुन...
काठमाण्डू, २ फागुन–प्रहरीले कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अत्तरिया राजमार्गस्थित मोहनपुर चोक सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बस्ने २५...
काठमाण्डू, २ फागुन– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताएका छन । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन । उनले ०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस...
काठमाण्डू, २ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा दर्शन गर्न आउने साधुसन्तको चहलपहल बढेको छ । हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठुलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको उपस्थिति रहन्छ । गुठी संस्थानले यसवर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्व सुरु गरिसकेको छ ।...
काठमाण्डू, २ फागुन– प्रहरीले झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्धलाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति पक्राउ गरीएको प्रहरीले जनाएको छ । पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै...
काठमाण्डू, २ फागुन– प्रहरीले सुनसरीबाट पेस्तोल र गोली सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया ग्राम पञ्चायत बस्ने ३६ वर्षीय राम थेलन पासवान रहेको सुनसरी प्रहरीले जनाएको छ । उनलाई सुनसरी गाउँपालिका–३ जमुवा सीमा नाकाबाट पक्राउ गरिएको सशस्त्र...