विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद

काठमाण्डु टुडे २०८२ फागुन ३ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– आज (आइतबार) शिवरात्रिको दिन विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।

दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद गरीउको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन ।

सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us