समाचार

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

२०८२ फागुन १ गते १३:३६

काठमाण्डू, १ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त भएको छ । राजावादी समर्थकहरू अहिले विमानस्थल गेट बाहिर पुगेर नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । विमानस्थलमा स्थानीय...

दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

२०८२ फागुन १ गते १३:०८

काठमाण्डू १ फागुन– प्रहरीले दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र...

त्रिभुवन विमानस्थलको गेटबाहिर राजावादीको प्रदर्शन

२०८२ फागुन १ गते १२:५५

काठमाण्डू १ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरू भेला भएर प्रर्दशन गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि उनीहरू त्यहाँ भेला भएका हुन् । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाण्डू प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन्...

महाशिवरात्रिका लागि पशुपति आइपुगेका नागा बाबाहरू

२०८२ फागुन १ गते १२:४२

काठमाण्डू १ फागुन– यस बर्षको महाशिवरात्रि पर्वको लागि काठमाण्डू आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् । बिहान प्रभातफेरी गरेर पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका...

पूर्वराजा शाह झापाबाट काठमाण्डू प्रस्थान

२०८२ फागुन १ गते १२:३५

काठमाण्डू १ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाण्डू प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाण्डू आउने भनिएपनि पूर्व राजा शाह कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाण्डू प्रस्थान गरेका हुन् । मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाण्डू प्रस्थान गरेको सुरक्षा स्रोतले...

एमालेले फागुन ३ अघि घोषणापत्र सार्वजनिक नगर्ने

२०८२ फागुन १ गते १२:२३

काठमाण्डू १ फागुन– एमालेले ३ फागुनपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएपनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।...

जनयुद्धको सेल्टर रुकुमपूर्व ‘लावाङ’मा भुटेको मकै खाएर चुनावी अभियानमा प्रचण्ड

२०८२ फागुन १ गते १२:००

काठमाण्डू १ फागुन– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन १० सशस्त्र जनयुद्धको सेल्टर मानिने रुकुमपूर्वको लावाङबाट चुनावी अभियानको सुरु गरेका छन । प्रचण्डले स्थानी गाउँघरमा खाइने र रुचाइने भुटेको मकै खाएर चुनावी अभियान सुरु गरेका हुन । त्यसअघि...

विमानस्थलमा सुरक्षा व्यवस्था कडाः २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

२०८२ फागुन १ गते ११:४१

काठमाण्डू १ फागुन– आज (शुक्रबार) पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाण्डू आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान समेत...

एयरपोर्टमा निषेधाज्ञा तोड्ने राजावादीहरुको तयारी

२०८२ फागुन १ गते १०:५७

काठमाण्डू, १ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाईं समूहसहित राजावादीले अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्ने तयारी गरेका छन् । रावादाीले झापाबाट काठमाण्डू आउने क्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम तय गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो । प्रवक्ता मोहन...

५ वर्ष हामीलाई देशको जिम्मा दिनुस्ः रवि लामिछाने

२०८२ फागुन १ गते १०:३४

काठमाण्डू, १ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ५ वर्ष मुलुक चलाउने जिम्मेवारी आफूहरुलाई दिन मतदातालाई अपिल गरेका छन् । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्धाको तारेख बुझ्न पोखरा पुगेका लामिछाने चुनावी अभियानका क्रममा स्याङ्जा पुगेका छन् । स्याङ्जा सदरमुकाममा...

रुकुम आएर जनयुद्ध स्मरण गर्दा भावुक र उद्वेलित भएको छुः प्रचण्ड

२०८२ फागुन १ गते १०:२४

काठमाण्डू, १ फागुन- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार एक सन्देश जारी गर्दै उनयुद्धका बाँकी लक्ष्य हासिल गर्न आफूहरु नयाँ ढंगबाट अघि बढिरहेको बताए । प्रचण्ड नेतृत्वमा १ फागुनमा २०५२ बाट सुरु...

प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्नः चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

२०८२ माघ २९ गते १७:५९

काठमाण्डू, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जारी गरेको निषेधाज्ञाप्रति आपत्ति व्यक्त गरेका छन। प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लक्षित गर्दै लगाएको निषेधाज्ञालाई लिएर अध्यक्ष लिङ्देनले प्रश्न गरेका हुन । राप्रपा अध्यक्ष लिङ्देनले प्रशासनको यो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us