समाचार

रवि–बालेन सम्झौतापछि सञ्चारमन्त्री खरेलको प्रतिक्रियाः सुन्दर र समृद्ध नेपालको सपना

२०८२ पुष १३ गते ९:४१

काठमाण्डू, १३ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।...

मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

२०८२ पुष १३ गते ९:३४

काठमाण्डू, १३ पुस– मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चोलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरीएको मोरङ प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले...

रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भनेः ‘विदेशी हालीमुहाली संस्थागत’ गर्न रवि–बालेन सम्झौता

२०८२ पुष १३ गते ९:२७

काठमाण्डू, १३ पुस– धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको दाबी गरेका छन । ‘कुर्सिको लागि र यो देशलाई लिलाम...

रास्वपा र बालेन्द्र साहबीच मध्यरातमा ७ बुँदे सहमतिः लामिछाने सभापति, साह प्रधानमन्त्री

२०८२ पुष १३ गते ५:४३

काठमाण्डू, १३ पुस– अनततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) बीच ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र मेयर साहले हस्ताक्षर गरेका छन् । सहमतिमा पार्टी सभापति लामिछाने रहने र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनएर...

गोरखा-२ मा फेरि भिड्दैछन् बाबुराम र नारायणकाजी ?

२०८२ पुष १२ गते २०:३१

काठमाण्डू, १२ पुस–प्रगतिशील लोकतान्त्रिक पार्टीले गोरखा-२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको गण्डकी प्रदेश इन्चार्ज फणिन्द्र देवकोटालाई भट्टराईलाई गोरखा-२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको बताए । पार्टीको गण्डकी प्रदेश एकता भेलाले सर्वसम्मत भट्टराईलाई उम्मेदवार सिफारिस गरेको...

कारबाही परेका नेता कार्यकर्तालाई काग्रेसले दियो आममाफी

२०८२ पुष १२ गते २०:१६

काठमाण्डू, १२ पुस– नेपाली कांग्रेसले चुनावमा चुनावमा अन्तर्घात गरेर निलम्बनमा परेकाहरुमाथिको कारबाही फुकुवा गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन र निलमम्बनको कारबाही फिर्ता लिएको जानकारी दिए । पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी...

अर्थमन्त्री खनालको घोषणाः प्रमुख अतिथि बन्दिन, खादा, माला, फुलगुच्छा लिन्न

२०८२ पुष १२ गते १७:५३

काठमाण्डू, १२ पुस– अर्थमन्त्री रामेश्वर खनालले आफू कुनै पनि कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी नहुने घोषणा गरेका छन् शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री खनालले प्रमुख अथिति नबन्ने तथा औपचारिक सम्मान र देखावटी स्वागत स्वीकार नगर्ने घोषणा गरेका हुन् । खनालले आगामी दिनमा आफू सहभागी कार्यक्रममा...

देउवा, ओली र प्रचण्डले सुशीलालाई भनेः चुनावका लागि तयार छौं

२०८२ पुष १२ गते १७:४४

काठमाण्डू, १२ पुस– प्रमुख तीन दल काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले चुनावमा जाने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा शनिबार काँग्रेस सभापति शेरबहदुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा घोषित निर्वाचनमा सहभागी हुन तयार...

१० वर्षमा १४ वटा सरकार फेर्ने संसदीय प्रणाली चल्दैन, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छः उपेन्द्र यादव

२०८२ पुष १२ गते १७:३७

विराटनगर, १२ पुस– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणालीमा नगएसम्म मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव नरहेको दाबी गरेका छन् । विराटनगरमा शनिबार आयोजित जनसभामा बोल्दै उनले विद्यमान वर्तमान संसदीय व्यवस्थाबाट राजनीतिक स्थिरता सम्भव नभएको बताए ।...

सुशीला कार्की भेटेपछि देउवाले भनेः सबै पार्टी चुनावमा जान तयार छौं

२०८२ पुष १२ गते १७:२४

काठमाण्डू, १२ पुस– काँग्रेस सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा सञ्चार माध्यमका प्रतिनिधिसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सरकारले सुरक्षाको वातावरण बनाए चुनावमा जान तयार रहेको...

सुशीला कार्कीले देउवा–ओली–प्रचण्डलाई भनिन्ः यो बालुवाटार तपाईंहरुकै घर हो

२०८२ पुष १२ गते १७:१७

काठमाण्डू, १२ पुस– प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दल काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग सरकारी निवास बालुवाटारमा छलफल गरेकी छन् । कार्कीले पूर्वप्रधानमन्त्री त्रय काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग...

नेपालमा प्रधानमन्त्री, मन्त्री र दल बनाउने काम विदेशीले गर्न थालेः राजेन्द्र लिङदेन

२०८२ पुष १२ गते १६:००

झापा, १२ पुस– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीमार्फत विदेशी शक्तिले चलाइरहेको आरोप लगाएका छन् । गृहजिल्ला झपाको बिर्तामोडमा शनिबार आयोजित सभामा उनले देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए । उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार विदेशीले बनाएको र मन्त्री बनाउने कामसमेत बाह्य...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us