समाचार

बालेन र रवि लामिछाने लक्षित कुलमानको टिप्पणीः अहंकारी र अरुलाई समाप्त पार्ने सोचले एकता हुँदैन

२०८२ पुष १२ गते १५:४९

काठमाण्डू, १२ पुस–ऊर्जामन्त्री कुलमान घिसिङले एकताको अर्थ कसैलाई समाप्त पार्नु नभएको बताएका छन्। शनिबार उज्यालो नेपाल पार्टीको नुवाकोट-काठमाण्डू सम्पर्क मञ्चले काठमाडौंको बौद्धमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सबैको अस्तित्व स्वीकार गर्दा साँचो एकता हुने बताएका हुन् । ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,’...

देउवा, ओली र प्रचण्ड बालुवाटारमा

२०८२ पुष १२ गते १५:४३

काठमाण्डू, १२ पुस– प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर...

ज्योति डिस्टिलरीमा ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते

२०८२ पुष १२ गते १५:३६

रौतहट, १२ पुस– रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो...

बालेन र कुलमानसँग एकताको आधार तय हुन बाँकी छः विराजभक्त

२०८२ पुष १२ गते १३:१५

काठमाण्डू, १२ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र भौतिक पूर्वाधार, सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङसँग एकताको आधार तया हुन बाँकी नै रहेको बताएका छन् । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

गाडीले ठक्कर दिएर भाग्यो, सडकमा सुतिरहेका पुरुषको ज्यान गयो

२०८२ पुष १२ गते १३:०७

सुर्खेत, १२ पुस– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेख  डुङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा...

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेट

२०८२ पुष १२ गते १३:०३

काठमाण्डू, १२ पुस– राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार बिहान उनीहरुबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । दुई नेताबीच करिब एक घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलका प्रेस...

७ सय ५० केजी जाँगा बरामद

२०८२ पुष १२ गते १२:५६

उदयपुर, १२ पुस– उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । को१ज ३४५६ नम्बरको जिपबाट ७ सय ५० केजी गाँजा बरामद गरिएको उदयपुर प्रहरीले जनाएको छ । उदयपुर प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङका अनुसार पक्राउ पर्नेमा बेलटार नगरपालिका–६ का रवीन रार्ई...

विप्लवको ‘क्याम्प’ बाट बम र बन्दुक बरामद

२०८२ पुष १२ गते ११:३९

काठमाण्डू, १२ पुस– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको ‘क्याम्प’ बाट प्रहरीले हतियार बरामद गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ बोक्सेस्थित सो पार्टीको ‘कम्युन’ बाट हतियार बरामद गरिएको हो । उक्त स्थतानमा हतियार रहेको सूचना पाएपछि जिल्ला कार्यालयका डिएसपी दिवस जिसी नेतृत्वको टोली शुक्रबार...

रवि, बालेन र कुलमानबारे प्रदीप ज्ञवालीः सिंहदरबार जलाउने र जल्दा उत्सव मनाउनेहरु प्रतिस्पर्धाबाट सिंहदरबार पुग्न खोज्नु सकारात्मक

२०८२ पुष १२ गते ११:२५

काठमाण्डू, १२ पुस–एमाले नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वचतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, भौतिक पूर्वाधार, सहरी विकास र ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच एकता हुनु सकारात्मक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले...

देउवा,ओली र प्रचण्डलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री कार्की

२०८२ पुष १२ गते ११:०८

काठमाण्डू, १२ पुस– प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दल काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग छलफल गर्दैछिन् । काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कार्कीले शनिबार अपराह्न तीन बजे बालुवाटार बोलाएकी हुन् । सञ्चार...

विशेष महाधिवेशन अनिवार्य बन्योः गगन थापा

२०८२ पुष ११ गते १७:२८

काठमाण्डू, ११ पुस– कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन । उनले विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई नरहेको पनि बताएका छन । कांग्रेस महाममन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने पनि बताएका...

छिमेकी देशहरूसँग सकारात्मक भूमिका निभाउँछुः परराष्ट्रमन्त्री शर्मा

२०८२ पुष ११ गते १६:५७

काठमाण्डू, ११ पुस– नव नियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन । आज (शुक्रबार) परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै शर्माले यस्तो बताएका हुन । उनले आफू मन्त्रिपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री पनि बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us