रुकुम पश्चिममा पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८२ माघ २९ गते ११:२६ मा प्रकाशित

रुकुम पश्चिम, २९ माघ– रुकुम पश्चिममा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका–२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत स्थानीय रुघा खोलामा डुबेको अवस्थामा बिहीबार बिहान मृत फेला परेका हुन् ।

रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले खोला तर्ने क्रममा चिप्लिएर कठायतको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us