काँग्रेस-एमालेसँग चुनावी तालमेल नहुँदा हाम्रा कार्यकर्तामा उत्साह छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ माघ २८ गते २१:२१ मा प्रकाशित

काठमाण्डू, २८ माघ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक  पुष्पकमल दाहाल प्रचण्डले कसैसँग चुनावी तालमेल नहुने बताएका छन् ।

म्याग्दीको बेनीमा बुधबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले एक्लै चुनावमा होमिएका कारण पार्टी पंक्तिमा उत्साह छाएको बताए । काँग्रेस र एमालेसँग नमिलेका कारण पार्टी पंक्तिमा उत्साह पैदा भएको उनको भनाइ थियो ।

विगतमा कांग्रेस र एमालेसँग मिलेका कारण कार्यकर्तामा निराशा छाएको र जनता आफूहरुसँग सिराएका प्रचण्डले बताए ।

सामाजिक सञ्जालमा गठबन्धनबारे चर्चा हुँदा नेतृत्वले खुट्टा नटेक्ने हो कि भनेर कार्यकर्ता सशंकित हुने गरेको विषयमा आफू जानकार रहेको पनि उनले उल्लेख गरे ।

प्रचण्डले नेकपा कुनै पनि दलसँग अनावश्यक दूरी बढाउने पक्षमा नरहेको र सबैसँग संवाद र सहकार्यमा रहेको स्पष्ट गरे ।

एक पक्षसँग दुश्मनी र अर्का पक्षसँग मित्रता राख्ने नगरी भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा काँग्रेस, एमाले र अन्य दलसँग सहकार्य गर्ने बताए ।

फरक प्रसंगमा हुने मुलुकलाई थप दुर्घटनाबाट बचाउने जिम्मेवारी नेकपाकै रहेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us