समाचार

जेलेन्स्कीलाई जसरी बालेन र रविहरूलाई अघि सारियोः दुर्गा प्रसाईं

२०८२ माघ २९ गते १७:३०

काठमाण्डू, २९ माघ– विवादास्पद मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा ‘डिप स्टेट’ को जगमा नयाँ राजनीतिक शक्तिहरू उदाएको गम्भीर आरोप लगाएका छन । आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले काठमाण्डू महानगरका मेयर बालेन शाह, रास्वपा...

महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु

२०८२ माघ २९ गते १७:१६

काठमाण्डू, २९ माघ– महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनको छोरी वर्ष ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनको छोरी वर्ष ८ की रफिया...

भिजिट भिसा प्रकरणः बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख धरौटीमा छाड्न आदेश

२०८२ माघ २९ गते १६:५१

काठमाण्डू, २९ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा लाखौँ रुपैयाँ असुली काण्डका बिचौलिया खेमप्रसाद सुवेदीलाई विशेष अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा छाड्ने आदेश दिएको...

महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार वटा मार्ग

२०८२ माघ २९ गते १६:३२

काठमाण्डू, २९ माघ– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको दर्शनका लागि चार स्थानबाट दर्शन मार्ग तय गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको बारे जानकारी गराएको हो । कोषले मैतीदेवी,...

जहरसिंह पौवाबाट काठमाण्डू आउँदै गरेको बस दुर्घटना, ४ जना घाइते

२०८२ माघ २९ गते १६:१०

काठमाण्डू, २९ माघ– शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाण्डू आउँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर...

‘साँढेको जुधाई, बाच्छाको मिचाई’ नहोस् भन्ने चिन्ता छः प्रचण्ड

२०८२ माघ २९ गते १५:५६

काठमाण्डू, २९ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन । आज (बिहिबार) बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन ।...

धनकुटाको सुधार केन्द्रबाट १२ जना फरार

२०८२ माघ २९ गते १५:२७

काठमाण्डू, २९ माघ– धनकुटा नगरपालिका ५ कर्मीटारस्थित एक सुधार केन्द्रबाट १२ जना व्यक्ति फरार भएका छन । स्थानीय सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा रहेका १२ जना बिहीबार बिहान १० बजे भवनको सुरक्षा घेराको तारबेर तोडेर फरार भएको धनकुटा प्रहरीले जनाएको छ । फरार...

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो

२०८२ माघ २९ गते १५:२१

काठमाण्डू, २९ माघ– निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । जस अन्तर्गत आज (बिहिबार) सम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी...

६ महानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाण्डू

२०८२ माघ २९ गते १५:०१

काठमाण्डू, २९ माघ– देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाण्डू महानगरपालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाण्डू महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्नसफल भएको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा...

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी

२०८२ माघ २९ गते १४:५४

 काठमाण्डू, २९ माघ– कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज (बिहिबार) बिहान काठमाण्डूबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको प्रहरीले जनाएको छ । बस जलेर नष्ट भएको प्रहरीले जनाएको...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

२०८२ माघ २९ गते १४:४६

काठमाण्डू, २९ माघ– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन...

पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वको तयारी तीव्र

२०८२ माघ २९ गते १४:४१

काठमाण्डू, २९ माघ– पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ । आगामी फागुन ३ गते मनाइने महाशिवरात्रिको लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ, मुख्य मन्दिर क्षेत्र, साधु–सन्त बस्ने स्थान लगायत सफा र व्यवस्थित बनाउने काम यति बेला तिव्र पारीएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us