महाशिवरात्रिमा पशुपति मन्दिर प्रवेश गर्न चार वटा मार्ग

काठमाण्डु टुडे २०८२ माघ २९ गते १६:३२ मा प्रकाशित

काठमाण्डू, २९ माघ– यस बर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको दर्शनका लागि चार स्थानबाट दर्शन मार्ग तय गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको बारे जानकारी गराएको हो ।

कोषले मैतीदेवी, वत्तिसपुतली पुरानो बानेश्वरतर्फ आउने दर्शनार्थीहरुलाई गौशाला पिंगलास्थान गेट हुँदै, भक्तपुर, ललितपुर, कोटेश्वर तिनकुनेबाट आउने दर्शनार्थीहरुलाई राम मन्दिर–आर्यघाट हुँदै, जोरपाटी, कपन, चाबहिल हुँदै आउने दर्शनार्थीहरुका लागि गौरिघाटतर्फबाट र रातोपुल–कालोपुलतर्फबाट आउने दर्शनार्थीहरुका लागि जयबागेश्वरी मन्दिरतर्फबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्न सकिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us