काठमाण्डू, २९ माघ– शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाण्डू आउँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर पर रहेको टहरामा ठोक्किएको प्रहरीले बताएको छ ।
बसमा सवार ३२ जना मध्ये चार जना घाइते भएको प्रहरीले बताएको छ । उक्त बस सिन्धुलीको तीनपाटन गाउँपालिका–७ का ३३ वर्षीय लोकबहादुर तामाङले चलाएका थिए ।