रास्वपा नेता भट्टराई पक्राउ

काठमाण्डु टुडे २०८२ माघ २८ गते २०:५९ मा प्रकाशित

काठमाण्डू, २८ माघ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका संगठन विभाग प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन् ।

भट्टराईलाई विद्युतीय अपराध ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भट्टराई कपिलवस्तुको बाणगंगा नगरपालिका-८ धनेशपुरका स्थायी बासिन्दा हुन् ।

कपिलवस्तु प्रहरीका डिएसपी रिपेन्द्रकुमार सिंहले प्रहरीमा अनुसन्धान क्रममा रहेको सरकारी कागजात सामाजिक सञ्जालमा पोष्ट गरेर गोपनीयता भंग गरेको तथा समाजमा घृणा र द्वेष फैलाएकाले भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए ।

जिल्ला अदालत कपिलवस्तुबाट उनीविरूद्ध थप अनुसन्धान गर्न ३ दिनको म्याद थप भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us