प्रशासनको निषेधाज्ञामाथि राजेन्द्र लिङ्देनको प्रश्नः चुनाव विथोलिन नदिन कि आफैँ बिथोल्न ?

काठमाण्डु टुडे २०८२ माघ २९ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जारी गरेको निषेधाज्ञाप्रति आपत्ति व्यक्त गरेका छन। प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लक्षित गर्दै लगाएको निषेधाज्ञालाई लिएर अध्यक्ष लिङ्देनले प्रश्न गरेका हुन ।

राप्रपा अध्यक्ष लिङ्देनले प्रशासनको यो कदम चुनावलाई सुरक्षित बनाउने बहानामा उल्टै राजनीतिक वातावरण बिगार्न लक्षित रहेको आरोप लगाएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफैँ विथोल्न लागेको होरु यो स्पष्ट हुनुपर्छ ।’

उनले कुनै पनि व्यवस्था वा नियम संविधानको मर्म विपरीत र शासकको इच्छाअनुसार मात्र प्रयोग हुन थाले त्यसको वैधता समाप्त हुने चेतावनी समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us