काठमाण्डू १ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाहिर राजावादीहरू भेला भएर प्रर्दशन गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि उनीहरू त्यहाँ भेला भएका हुन् ।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाण्डू प्रस्थान गरिसकेका छन् । उनी केही समयपछि त्रिभुवन विमानस्थल अवतरण गर्ने भएका छन् ।
राजावादीहरूले भेला भएपछि उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।