काठमाण्डू १ फागुन– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन १० सशस्त्र जनयुद्धको सेल्टर मानिने रुकुमपूर्वको लावाङबाट चुनावी अभियानको सुरु गरेका छन ।
प्रचण्डले स्थानी गाउँघरमा खाइने र रुचाइने भुटेको मकै खाएर चुनावी अभियान सुरु गरेका हुन । त्यसअघि प्रचण्ड जनयुद्धमा सेल्टर बनाएर भूमे गाउँपालिका–७ लावाङमा आफू बसेको घर, आफू बसेको कोठामा पुगेर भावुक हुँदै जनयुद्धकालीन समयको स्मरण गरेका छन् ।
प्रचण्ड भूमे गाउँपालिका ७ लावाङमा पुग्दा स्थानीयले न्यानो मायासहित भव्य स्वागत गरेका छन् । संयोजक प्रचण्ड फागुन ६ गतेसम्म रुकुम पूर्वका गाउँबस्तीमा रहने उनको सचिवालयले जनाएको छ ।