काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन ।
आज (आइतबार) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको पनि बताएका छन । चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताएका छन ।
ओलीले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि ।’ सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छ ?’
जवाफमा ओलीले भनेका छन्, ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।’ चुनावको वातावरणबारे सरकारले नै धेरै कुरा थाहा पाउनुपर्ने उनले बताए । ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने ।