काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन् । ओली प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–५ का उम्मेदवार हुन् ।
उनी यहाँ आउने भएसँगै भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलको प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको छैन ।
विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । विमानस्थल सुरक्षामा कडाइ गरिएको बारे आफूलाई कुनै जानकारी नभएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन ।